कीवर्डहरू -

वुलिङ कार किन्दा सुनको हार र लेभ्निंग स्कुटर किन्दा हिराको औंठी उपहार पाइने

वुलिङ कार किन्दा सुनको हार र लेभ्निंग स्कुटर किन्दा हिराको औंठी उपहार पाइने

बज्र ग्रुपको अटोमोबाइल अन्तर्गतको इभी नेपाल मोटर्स प्रालिले भ्यालेन्टाइन स्किम लागु गरेको छ । यस योजना अन्तर्गत विद्ययुतीय सवारीसाधन वुलिङ कार किन्दा सुनको  हार र लेभ्निंग स्कुटर किन्दा ग्राहकले हिराको औठी उपहार पाइने छ ।

यो स्किम निश्चित समयको लागि लागु हुनेछ । बुलिंग गाडी २०० किमि र ३०० किमीमा उपलब्ध छ भने कार  किन्नको लागि नक्साल, भैसेपाटी शोरूम जान सक्नु हुनेछ । 

गाडीमा ८ वर्षको वारेन्टी पाउन सकिने छ । साथै फाइनान्स र एक्सचेन् को सुविधा पनि उपलब्ध रहेको छ । 

यस्तै लेभ्निंग स्कुटर किन्न नेपालका मुख्य मुख्य सहरमा उपलब्ध छ । कम्पनीका अनुसार लेभ्निंग स्कुटर १२ ओटा फरक मोडेलमा उपलब्ध छ, जसमा कलेजको विद्यार्थीदेखि कृषक तथा अपांग सबैलाई हुने खालको छ । 

लेभ्लिंग स्कुटरको मूल्य १ लाख १५ हजार देखि सुरू रहेको छ । स्कुटरमा २ वर्षको वारेन्टीका साथै फाइनान्स र एक्सचेन्ज पनि उपलब्ध छ ।

नेपाली बजारमा विगत ३१ वर्षदेखि व्यापारिक घराना बज्र ग्रुपले विभिन्न क्षेत्रमा व्यापार गर्दै आइरहेको छ, जसमा  सेनेटरिका आइटम, बाथरुम फिटिंग, अपार्टमेन्ट, मास्क अटोमोबाइल रहेका छन् ।