कीवर्डहरू -

स्याटेलाइट म्यासेजिङ सुविधासहित दुई नयाँ फोन ल्याउँदै ह्वावे

स्याटेलाइट म्यासेजिङ सुविधासहित दुई नयाँ फोन ल्याउँदै ह्वावे

ह्वावेले चाँडै नै आफ्नो नयाँ फोन ह्वावे नोभा १२ बजारमा ल्याउने भएको छ । यद्यपी ह्वावे नोभा १२  र ह्वावे नोभा १२ प्रो सार्वजनिक हुने आधिकारिक मिति भने तय भएको छैन ।

फोनको स्पेसिफिकेशन चिनियाँ माइक्रोब्लगिङ वेबसाइट वेबोमा खुलासा गरिएको छ । नयाँ रिपोर्टका अनुसार फोनमा ६० मेगापिक्सेल सेल्फी क्यामेरा हुनेछ । ह्वावे नोभा १२ र ह्वावे नोभा १२ प्रोमा १२० हर्ज रिफ्रेस रेट भएको डिस्प्ले र पानीको सुरक्षाका लागि ह्वावेको कुनलुन ग्लास हुनेछ ।

प्रो मोडल किरिन ९००० एस प्लेटफर्ममा चल्छ । यो त्यही मोबाइल चिप हो, जसले ह्वावे मेट ६० मा प्रयोग गरिएको छ । भ्यानिला ह्वावे नोभा १२ किरिन ८३० एसओसी चिपसेटद्वारा संचालित हुने अपेक्षा गरिएको छ ।

यी फोन कहिले सार्वजनिक हुनेछन् भन्ने बारे कम्पनीबाट कुनै जानकारी छैन् । ह्वावे नोभा ११ को मूल्य सिएनवाइ २,४९९ बाट सुरु हुनेछ । जबकी ह्वावे नोभा ११ प्रोको मूल्य सिएनवाइ ३,४९९ बाट सुरु हुन्छ । ह्वावे नोभा ११ श्रृंखला यस वर्ष अप्रिलमा चीनमा क्वालकमको स्नापड्रागन ७७८ जी एसओसीसँग सार्वजनिक गरिएको थियो ।

ह्वावे नोभा १२ प्रो सिरिजका विशेषता

ह्वावे नोभा १२ र ह्वावे नोभा १२ प्रो दुबैमा ट्रिपल रियर क्यामेरा युनिट दिन सकिन्छ। मानक मोडेलको क्यामेरा सेटअपमा ५० मेगापिक्सेल प्राथमिक क्यामेरा, १२ मेगापिक्सेल सेन्सर र ८ मेगापिक्सेल सेन्सर समावेश हुन सक्छ ।

ह्वावे नोभा १२ प्रोको क्यामेरा युनिटमा दुई ५० मेगापिक्सेल सेन्सर र एउटा १२ मेगापिक्सेल सेन्सर समावेश गरिएको छ ।

दुबै फोनमा ६० मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको रिपोर्ट गरिएको छ । यसबाहेक, दुबै स्मार्टफोनहरू स्याटेलाइट सन्देश सुविधाको साथ आउन सक्छन् । मिडिया रिपोर्टका अनुसार ह्वावे नोभा १२ मा ८८ वाट फास्ट चार्जिङको साथ ४८०० एमएएच ब्याट्री हुनेछ, जबकि प्रो मोडलमा १०० वाट फास्ट चार्जिङको साथ ४९०० एमएएच ब्याट्री हुन सक्छ ।