कीवर्डहरू -

बूढानीलकण्ठ नगरपालिकाद्वारा नि:शुल्क ‘बेसिक एआई बुटक्याम्प’ तालिमका लागि आवेदन आह्वान

बूढानीलकण्ठ नगरपालिकाद्वारा नि:शुल्क ‘बेसिक एआई बुटक्याम्प’ तालिमका लागि आवेदन आह्वान

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले सूचना प्रकाशित गर्दै ‘बेसिक एआई (Artificial Intelligence) बुटक्याम्प’ तालिमका लागि आवेदन आह्वान गरेको छ । नगरपालिकाको आईटी लिटरेसी कार्यक्रम अन्तर्गत सञ्चालन हुने उक्त तालिम युवाहरूमा प्रविधिमैत्री सीप विकास, डिजिटल साक्षरता अभिवृद्धि तथा रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो ।

नगरपालिकाद्वारा जारी सूचनाअनुसार, चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत बजेटअन्तर्गत सञ्चालन हुने तालिममा १०० जना सहभागी छनोट गरिनेछ । तालिम नि:शुल्क रूपमा सञ्चालन गरिने जनाइएको छ ।

सूचनामा उल्लेख भएअनुसार, १६ वर्ष पूरा भई ३५ वर्ष ननाघेका युवाहरूले आवेदन दिन सक्नेछन् । साथै, कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरूलाई विशेष प्राथमिकता दिइनेछ ।

आवेदकले बूढानीलकण्ठ नगरपालिकाभित्र बसोबास गरेको प्रमाण खुल्ने कागजात, नागरिकताको प्रतिलिपि, मतदाता परिचयपत्रको प्रतिलिपि वा सम्बन्धित वडाको सिफारिस पेश गर्नुपर्नेछ । साथै, आधारभूत कम्प्युटर ज्ञान भएको हुनुपर्नेछ ।

इच्छुक व्यक्तिहरूले नगरपालिकाले उपलब्ध गराएको गुगल फाराम लिंक वा क्यूआर कोड स्क्यान गरी आवेदन दिन सक्नेछन् । सूचना प्रकाशित भएको मितिबाट सात दिनभित्र आवेदन दिनुपर्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार, यस कार्यक्रमले स्थानीय युवाहरूलाई कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धी आधारभूत ज्ञान र सीप प्रदान गर्दै भविष्यको रोजगारी तथा प्रविधिमुखी अवसरका लागि सक्षम बनाउने अपेक्षा गरिएको छ ।

null