अब एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप मोबैंकबाट भवन निर्माण इजाजत शुल्क तिर्न सकिने भएको छ ।
काठमाडौं महानगरपालिका भित्र घर बनाउँदा वा पुरानो घरमा नयाँ संरचना थप्दा तिर्नु पर्ने भवन निर्माण इजाजत शुल्क एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाटै तिर्न सकिने भएको हो ।
यसअघि भवन निर्माण इजाजत शुल्क तिर्नको लागि काठमाडौं महानगरपालिका अन्तर्गतको विभाग वा वडा कार्यालयमा पुगेर नै तिर्नुपर्ने बाध्यता थियो । तर अब भने कार्यालयमा जानुपर्ने झन्झट हटेको छ ।
शुल्क तिर्न बैंकको मोबैंक एपको हब पेमेन्ट अन्तर्गत केएमसी भन्ने अप्सन देखिने छ । केएमसी अप्सनमा ट्याप गरेपछि अब भवन निर्माण इजाजत भुक्तानी भन्ने अप्सन देखिनेछ ।
त्यसपछि कर भुक्तानी गर्नेको नाम र निवेदन नम्बर (भौचर कोड) हालेर सबमिट गरेपछि चाहेको रकम भुक्तानी गर्ने प्रकृया अगाडि बढाउन सकिनेछ ।