बीवाईडी अटो इन्डस्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बीवाईडी ‘हाई–टेक विक’ सम्पन्न गरेको छ । चीन बाहिर पहिलो पटक सम्पन्न भएको उक्त ल्यान्डमार्क इभेन्टमा न्यु इनर्जी भेहिकल (एनईभी) प्रविधिमा उपलब्ध अत्याधुनिक प्रगति शोकेस गरिएको थियो ।
सबै उमेर समूहका अवलोकनकर्ताबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको उक्त इभेन्ट मार्फत उनीहरूले दिगो मोबिलिटीको भविष्य प्रत्यक्ष देख्ने अवसर पाएका थिए । यसैबीच बीवाईडी हाई–टेक विकको एक महत्त्वपूर्ण क्षणका रूपमा नेपालका एक ग्राहकलाई ग्लोबल माइलस्टोन स्वरूपमा रहेको १० लाख १० हजारौं बीवाईडी एट्टो ३ डेलिभरी गर्नु रहेको थियो ।
यो ऐतिहासिक उपलब्धिले इलेक्ट्रिक मोबिलिटीमा भइरहेको विश्वव्यापी रूपान्तरण र यसको एक महत्त्वपूर्ण बजारका रूपमा नेपाल रहेको तथ्यलाई पुनः पुष्टि गर्नुका साथै देशमा बढ्दो बीवाईडीको उपस्थिति समेत दर्शाएको कम्पनीले उल्लेख गरेको छ ।
यो महत्त्वपूर्ण माइलस्टोनका साथै नेपालमा सफलतापूर्वक सम्पन्न भएको बीवाईडी हाई–टेक विकको स्मरणमा साइमेक्स इंकले उक्त इभेन्ट अवधिमा बुकिङ गरिएका सबै बीवाईडी ईभीमा १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी उपलब्ध गराएको छ । यो अफर आगामी ९ मार्चसम्म जारी रहने छ । यसले विश्वसनीयता र ग्राहक सन्तुष्टिका लागि बीवाईडीको अटुट प्रतिबद्धता दर्शाउने कम्पनीको दाबी छ ।
हाई–टेक विकका अवसरमा अवलोकनकर्ताले विभिन्न सवारीसाधनमा भएका प्रविधिको अभूतपूर्व प्रदर्शन अनुभव गर्ने अवसर पाएका थिए । जसमा अतुलनीय सुरक्षा र दिगोपना झल्काउने ब्लेड ब्याट्री नेल पेनिट्रेसन टेस्ट, दक्षता र कार्यक्षमता झल्काउने ई–प्लेटफर्म ३.० तथा कम्पास टर्न, ट्यांक टर्न र अटोमेटिक पार्किङ जस्ता इन्टिलिजेन्ट भेहिकल कन्ट्रोल फिचर लाइभ शोकेस गरिएको थियो ।