कीवर्डहरू -

चांगनले नयाँ ईभी मोडल ‘डिपल एस७’ एसयूभी छिट्टै नेपाल भित्र्याउने

चांगनले नयाँ ईभी मोडल ‘डिपल एस७’ एसयूभी छिट्टै नेपाल भित्र्याउने

चीनको दोस्रो ठूलो र सबै भन्दा बढी अवार्डेड अटो कम्पनी, चांगन अटोले नयाँ विद्युतीय गाडी डिपल एस७ छिट्टै नेपाल भित्र्याउने भएको छ । चांगनका लागि नेपालको आधिकारिक वितरक एम.ए.डब्लू वृद्धीले सन् २०२४ को मार्चसम्ममा उक्त गाडी नेपाल भित्र्याइसक्ने जनाएको हो ।

चांगन अटोले आफ्नो उत्पादनहरूको माझमा पहिलो विद्युतीय गाडीलाई नेपाली बजारमा ल्याउने भएको हो । ईभी डिपल एस७ एसयूभी अत्याधुनिक प्रविधिमार्फत बनेको प्रिमियम कार हो । जुन नेपाली भूगोल सुहाउँदो समेत रहेको कम्पनीको दाबी छ । 

डिपल एस७ एसयूभी ईभी महत्त्वपूर्ण गाडी भएको र यसले चांगन अटोलाई नेपाली बजारमा थप नयाँ आयाम प्रदान गर्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।