कीवर्डहरू -

चाँगुनारायण नगरपालिकाले लागू गर्‍यो पूर्ण ड्रोन ईमेजमा आधारित मेट्रिक घर नम्बर प्रणाली

चाँगुनारायण नगरपालिकाले लागू गर्‍यो पूर्ण ड्रोन ईमेजमा आधारित मेट्रिक घर नम्बर प्रणाली

भक्तपुरको चाँगुनारायण नगरपालिका पूर्ण ड्रोन ईमेजमा आधारित मेट्रिक घर नम्बर लागु गर्ने पहिलो स्थानीय तह बनेको छ । 

सोमबार एक औपचारिक कार्यक्रम गर्दै नगरपालिकाले पूर्ण ड्रोन ईमेजमा आधारित नगरपालिकाभरको मेट्रिक घर नम्बर लागु गरेको हो । 

नेपालमा मेट्रिक प्रणालीको घर नम्बरिङ्ग विभिन्न समयमा विभिन्न पालिका तथा स्थानीय तहहरुलाई कार्यान्वयन गरेता पनि पूर्ण ड्रोन ईमेजमा आधारित नगरपालिकाभरको मेट्रिक घर नम्बर लागु गर्ने चाँगुनारायण नगरपालिका पहिलो पालिका बन्न सफल भएको छ । 

अहिले पनि नेपालको विभिन्न पालिकाहरुले ड्रोन ईमेजमा आधारित मेट्रिक घर नम्बर लागु गर्न सुरुवात गरेता पनि सम्पन्न भने गरि सकेको छैन । 

null

सोमबार चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले पूर्ण ड्रोन ईमेजमा आधारित नगरपालिकाभरको मेट्रिक घर नम्बर प्रणालीको सुरूवात गरेका थिए । 

चाँगुनारायण नगरपालिकाको वडा नं ८ स्थित रातोपाटी चोकको १४ वटा घरहरुमा नगर प्रमुखसहितको जनप्रतिनिधिहरुको टोलीले घर नम्बर प्लेट टाँसी यस कार्यक्रमको शुभारम्भ गरेको थियो । २०७८ सालमा तात्कालिन जनप्रतिनिधिहरुबाट यस परियोजनाको शुभारम्भ भएता पनि हाल सम्म यस प्रणाली कार्यान्वयन हुन सकेको थिएन । 

कार्यक्रममा नगर प्रवक्ता एवं वडा नं ८ का वडा अध्यक्ष जनक खत्री, नगरपालिकाको पूर्व सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपाने, यस प्रणालीको दक्ष परामर्शदाताहरु नक्सा प्रालि एवं गल्ली म्याप्सका प्रतिनिधिहरुबाट प्रस्तुतीकरुण एवं धारणा प्रस्तुत गरिएको थियो ।  

कार्यक्रममा बोल्दै नगर प्रमुख जीवन खत्रीले चालु आर्थिक वर्षमा नै व्यवस्थित कार्य योजना बनाई सबै नगरबासीको घर घरमा घर नम्बर प्लेट पुर्याउनको लागि बजेट तथा कार्यक्रम नै निर्माण गरि सकिएको जानकारी दिए । 

त्यसैगरि चाँगुनारायण नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमागाईले नगरपालिका २०७८ सम्म बनेका घरहरु यस प्रणाली मार्फत घर नम्बर उत्पादित भईसकेको र सो समय पश्चात बनेका घरहरु समेत यसै मेट्रिक एड्रेसिङ म्यानेजमेन्ट सिस्टममा राखिने बताए । 

चाँगुनारायण नगरबासीले गुगल प्लेट स्टोर तथा एप स्टोरबाट गल्ली म्याप्स र चाँगुनारायण नगरपालिकाको ओपन डेटा पोर्टलमार्फत आफ्नो घरमा ३ सेकेण्ड प्रेस गरि घर नम्बर पत्ता लगाउन सक्ने छन् । 

यस प्रणालीमा आउन सक्ने समस्या एवं गुनासो व्यवस्थापनले परामर्शदाता नक्सा प्रालिले छुट्टै गुनासो व्यवस्थापन फिचर थप्न लागिएको नक्सा प्रालिका निसन तन्दुकरले बताए ।  

null

यस परियोजनाको प्राविधिक सहकार्य एवं सहयोग कर्ता नक्सा प्रालि, पिसनेपाल डट कम, गल्ली म्याप्स र अन्य सहयोग निकायहरु काठमाडौँ विश्वविद्यालय, एयर लिफ्ट टेक्नोलोजी, पाथवे टेक्नोलोजी, नेपाल फ्लाईङ्ग ल्याब्स एवं जियोभेसन नेपाल रहेको पूर्व सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपानेले जानकारी दिएका थिए । 

कार्यक्रमका बोल्दै न्यौपानेले मेट्रिक घर नम्बर तथा ठेगाना प्रणालीमार्फत नगरबासीको साथ साथै स्थानीय सरकारहरुले गर्ने कार्यहरुमा पनि विभिन्न सहजता एवं छिटो हुने विचार दिएका थिए । यस प्रणालीलाई दिगो कार्यान्वयनको लागि एक कार्यविधिनै बनाएर अघि बढ्नुपर्नमा उनको जोड छ । 

ड्रोन ईमेजमा आधारित मेट्रिक घर नम्बर तथा ठेगाना प्रणालीको सुरूवात

कोभिड १९ महामारीले लकडाउनमा काठमाडौँ उपत्यकाको आकाश र जमिन पूर्णरुपमा खुला थियो । यो अवसरमा चाँगुनारायण नगरपालिकाले आफ्नो नगरपालिकाभरको पूर्ण ड्रोन सर्वेक्षण एवं म्यापिङ्ग काठमाडौँ विश्वविद्यालय, नक्सा प्रालि, नेपाल फ्लाईङ्ग ल्याब्स, एयसलिफ्ट टेक्नोलोजी जस्ता दक्ष विज्ञ समूहको सहयोगमा निशूल्क रुपमा सम्पन्न गरेको थियो । 

ड्रोन सर्वेक्षण एवं नक्साकंनको बाट उत्पादित नक्सालाई पालिकाले प्रदान गर्न के के सेवामा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल समेत भएको थियो  । यस छलफलबाट ड्रोन उत्पादिन उच्च क्षमताको अर्थोफोटो नक्साको प्रयोगबाट मेट्रिक घर नम्बरिङ्ग गर्दा नेपालमा अन्य शहरहरुमा शूरु भएका घर नम्बरिङ्ग तथा ठेगाना प्रणालीको पद्धति भन्दा एकदमै फरक, कम लागतमा, थप गुणस्तरीय एवं छिटो हुने निश्कर्षसहित दक्ष परामर्शदाता छनौट गरि मेट्रिक घर नम्बरिङ्ग गर्ने कार्यको सुरुवात गरिएको थियो । 

करिब ९ महिनाको अवधिमा थुप्रै पटक जनप्रतिनिधि तथा प्रविधिक टोलीको सक्रिय सहभागिता, वडा वडामा विभिन्न चरणमा भएका सडक नामाकरण कार्यशाला, धुलिखेल कार्यशाला, पनौती कार्यशालाको प्रमाणीकरण कार्यशालामार्फत अन्तत : ड्रोन ईमेजमा आधारित चाँगुनारायण नगरपालिकाको सबै घर धुरीहरुको घर नम्बरिङ्ग उत्पादन गर्ने कार्य सम्पन्न भएको नगरपालिकाले जनाएको छ । 

तत् पश्चात उत्पादित घर नम्बरहरुलाई व्यवस्थित सूचना प्रणालीमा राख्दै नयाँ भवन निर्माण ईजाजत दिँदा घर नम्बर स्वत: प्रणालीगत रुपमा उत्पादन गर्ने प्रणाली निर्माण गरिएको थियो । नागरिकले आफ्नो घर तथा भवन भत्काउदाँ प्रणालीबाट घर नम्बर हटाउने Metric House Addressing System प्रणालीको समेत निर्माण गरि यस प्रणालीलाई दिगो रुपमा संचालन गर्ने मूल आधार समेत तयारी गरि सकेको छ ।

यस प्रणालीलाई दिगो रुपमा संचालन गर्नको लागि नगरपालिको जनप्रतिनिधि तथा प्राविधिक कर्मचारीहरुलाई एक दिवसीय कार्यक्रम तथा तालिमा समेत आयोजना गरिसकेको छ ।  थप तालिम एवं कार्यशाला आयोजना गरिने नगरपालिकाको भनाइ छ । 

परीक्षणको रुपमा नगरपालिको ६, ७, ८, ९ उत्पादित घर नम्बरहरुको घर नम्बर प्लेट छपाई गरेता पनि यस प्रणालीको आधिकारिक उद्घाटनको कार्य बाँकी नै थियो । स्याटलाइट ईमेजमा आधारित मानवीय घर नम्बरिङ्ग प्रणाली एवं अन्य मानवीय तवरको मेट्रिक घर नम्बर प्रणाली उत्पादन ललितपुर महानगरपालिका, बौढीकाली गाँउपालिका, दमक नगरपालिका, जस्ता अन्य पालिकाले गरेता पनि पूर्ण ड्रोन ईमेजमा आधारित नगरपालिका स्तरमा गरिएको अटोमेटेड मेट्रिक घर नम्बरिङ्ग तथा ठेगाना प्रणाली लागू गर्ने पहिलो स्थानीय तह बनेको छ । 

सम्बन्धित समाचार