कीवर्डहरू -

सिटिजन्स बैंकको वार्षिकोत्सव अफरः डिजिटल भुक्तानीमा क्यासब्याक, ई-कम कार्ड निःशुल्क पाइने

सिटिजन्स बैंकको वार्षिकोत्सव अफरः डिजिटल भुक्तानीमा क्यासब्याक, ई-कम कार्ड निःशुल्क पाइने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरू सार्वजनिक गरेको छ ।

वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यही वैशाख १ गते देखि वैशाख ३१ गते सम्म १ महिनाका लागि लागू हुने गरी विभिन्न सेवा सुविधामा भारी छुट–क्यासब्यक, लगायतका योजनाहरू सार्वजनिक गरेको हो ।

सो योजना अन्तर्गत डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाईन मार्फत १ हजार रूपैयाँ वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढिमा १७० रूपैयाँ क्यासब्याक दिइने बैंकले जनाएको छ ।

यसैगरी सिटिजन्स स्मार्टमार्फत क्यु आर कोड स्क्यान गरी भुक्तानी गर्ने ग्राहकहरूको लागि पनि ५०० रूपैयाँ वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढीमा १७० रूपैयाँ क्यास ब्याक प्राप्त हुनेछ । 

डिजिटल भुक्तानीको अर्को माध्यम ई-कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधिभरमा ई-कम कार्ड लिन चाहनुहुने ग्राहकहरूलाई सो कार्ड निःशुल्क रूपमा उपलब्ध गराउने छ । त्यसैगरि बैंकले यस योजना अवधिभर ग्राहकहरूका लागि निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था समेत बैंकले गरेको छ । 

साथै बैंकका निश्कृय मोबाईल बैंकिङ्ग ग्राहकहरूलाई योजना अवधिभर सेवा सक्रिय गर्दा एकमुष्ठ १५० रूपैयाँ छुट प्रदान गरिने समेत जानकारी बैंकले गराएको छ ।