कीवर्डहरू -

नेपालमा सार्वजनिक भयो विद्युतीय गाडी सिट्रोन ईसी ३ साइन, कति छ मूल्य ?

नेपालमा सार्वजनिक भयो विद्युतीय गाडी सिट्रोन ईसी ३ साइन, कति छ मूल्य ?


नेपालमा सिट्रोन ई–सी ३ साइन भित्रिएको छ । फ्रान्सेली ब्रान्ड सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले नेपालमा सिट्रोन ई–सी ३ साइन भित्र्याएको हो ।

गाडीमा अगाडि र पछाडि स्किड प्लेटहरू, रियर क्यामेरा, रियर वाइपर, रियर डिफ्रोस्टर, लेदर र्‍याप्ड स्टेयरिङ ह्विल, एलोय ह्विल र इलेक्ट्रिकल ओआरभीएम जस्ता फिचरहरु समावेश छन् । 

यसमा ३२.५ किलोवाटको मोटर छ । फुल चार्जमा ३२० किलोमिटरसम्म कम्पनीको भनाइ छ । १५ एम्पियरको चार्जबाट १० घण्टा लाग्ने भने डीसी फास्ट चार्जरबाट १ घण्टामा फुल चार्ज हुन्छ। 

उत्कृष्ट फिचर र डिजाइनका साथ नेपाली बजारमा उपलब्ध भित्रिएको यो इलेक्ट्रिक गाडीले ड्राइभिङ अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने कम्पनीको दावी छ । 

सिट्रोन ई–सी३ साइनको सुरुवाती मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यो मूल्य अन्तिम स्टकसम्म रहने कम्पनीले जनाएको छ ।