कीवर्डहरू -

मास्टर्समा साइबर सेक्युरिटी कोर्ष पढाउने पुलचोक क्याम्पसको तयारी

मास्टर्समा साइबर सेक्युरिटी कोर्ष पढाउने पुलचोक क्याम्पसको तयारी

पुलचोक क्याम्पसले मास्टर्समा साइबर सुरक्षा कोर्ष पढाउने तयारी सुरू गरेको छ । शुक्रबार लोकस २०२४ को उद्घाटन कार्यक्रममा बोल्दै इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा. शशीधर जोशीले मास्टर्समा साइबर सुरक्षा कोर्ष पढाउने योजना बनाएको जानकारी दिएका हुन् । 

‘मास्टर्समा साइबर सुरक्षा कोर्ष पढाउने योजना छ तर दरबन्दी छैन्,’ कार्यक्रममा बोल्दै उनले भने, ‘भएको दरबन्दीमा पनि पदपुर्ती हुन सकेको छैन् । दरबन्दी नहुँदा समस्या भएको छ ।’

आवश्यक दरबन्दीको व्यवस्था भए यसै वर्षदेखि मास्टर्समा साइबर सेक्युरिटीको कोर्ष सञ्चालन गर्न सकिने पुलचोक क्याम्पसले जनाएको छ । 

यस्तै कार्यक्रमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले साइबर सुरक्षा कोर्ष सञ्चालनका लागि प्राविधिक सहयोग गर्ने नेपाल सरकार तयार भएको प्रतिबद्धता जनाएकी थिइन ।