कीवर्डहरू -

कुमारी बैंकमा बचत खाता खोल्दा डेबिट कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ निःशुल्क

कुमारी बैंकमा बचत खाता खोल्दा डेबिट कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ निःशुल्क

कुमारी बैंक लिमिटेडले नागरिक बचत खाताका ग्राहकलाई लक्षित गरी क्रिसमस, यःमरी पुन्ही र तमु ल्होसार पर्वको अवसरमा फेस्टिभ अफर सार्वजनिक गरेको छ ।

नागरिक बचत खाताका ग्राहकहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै चाडपर्व लक्षित आर्कषक छुट अफर सार्वजनिक गरिएको बैंकले जनाएको छ ।

८ पुसदेखि २० पुससम्म नयाँ खोलिने खातामा पहिलो एक वर्षसम्म डेबिट कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सुविधाहरु निःशुल्क प्रदान गरिने र सो खातामा न्यूनतम रकम एक हजार रुपैयाँ हुनुपर्ने बैंकले जनाएको छ । बैंकका अनुसार ती सुविधाहरु नागरिक बचत खातामा मात्र लागु हुनेछ ।