कीवर्डहरू -

फेसबुकको पुरानो अकाउन्ट यसरी डिलिट गर्नुहोस्

फेसबुकको पुरानो अकाउन्ट यसरी डिलिट गर्नुहोस्

फेसबुक धेरैले प्रयोग गर्छन् । तर कतिपय पुराना अकाउन्ट प्रयोग भइरहेको हुँदैन् । यस्तो अवस्थामा पुरानो अकाउन्ट डिलिट गरेर नयाँ अकाउन्ट बनाउन चाहनुहुन्छ भने आज हामी पुरानो अकाउन्ट कसरी डिलिट गर्ने भनेर जानकारी दिदैछौं । 

फेसबुक अकाउन्ट डिलिट गर्न चाहने धेरैलाई यो विधि थाहा छैन् । तर,यो प्रक्रिया सजिलो छ । यसका लागि सुरूमा आफ्नो कम्प्युटर वा मोबाइल उपकरणमा फेसबुक खोल्नुहोस् । अब माथिल्लो दायाँ कुनामा आफ्नो प्रोफाइल फोटोमा क्लिक गर्नुहोस् ।

यसपछि सेटिङ् एण्ड प्राइभेसी चयन गर्नुहोस् । अब सेटिङग्समा क्लिक गर्नुहोस् । योर फेसबुक इन्फोरमेसनमा क्लिक गर्नुहोस् । यतिगरे पछि डिएक्टिभेट एण्ड डिलिटमा क्लिक गर्नुहोस् ।

त्यसपछि डिलिट योर अकाउन्टमा क्लिक गर्नुहोस् । तपाईंलाई आफ्नो पासवर्ड पुनः प्रविष्ट गर्न सोधिनेछ । फेरि डिलिट योर अकाउन्टमा क्लिक गर्नुहोस् । फेसबुकले तपाईलाई अकाउन्ट डिलिट गर्न ३० दिनको समय दिनेछ । ३० दिन पछि, तपाईंको अकाउन्ट पूर्ण रूपमा डिलिट हुनेछ ।

आफ्नो अकाउन्ट डिलिट गर्नु अगाडि आफ्नो डाटा डाउनलोड गरेर राख्न सकिने छ, जसले गर्दा आफ्ना सबै पोस्ट, फोटो, भिडियो र अन्य डाटा सेभ गर्न सक्नु हुनेछ