काठमाडौं । यूएनडीपी नेपालका डेपुटी रेसिडेन्ट रिप्रिजेन्टेटिभ जुलियन चेभिलार्डले उत्थानशील समाज र अर्थतन्त्र निर्माणका लागि बलियो डिजिटल प्रणाली आवश्यक रहेको बताएका छन् ।
डिजिटल नेपाल कन्क्लेभ २०२६ मा ‘Building Digital Resilience: Driving Digital Governance, Transformation and Economic Success’ विषयमा मुख्य प्रस्तुति दिँदै चेभिलार्डले डिजिटल शासन र रूपान्तरणले संस्थागत क्षमता सुदृढ गर्न, आर्थिक अवसर सिर्जना गर्न तथा संकट सामना गर्ने क्षमता बढाउन योगदान पुर्याउने धारणा राखेका हुन् ।
उनले डिजिटल प्रणालीलाई केवल प्रविधिको विषयका रूपमा नभई शासन, विकास र आर्थिक अवसरसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिए । चेभिलार्डको प्रस्तुति डिजिटल शासन र डिजिटल रूपान्तरणमार्फत बलियो संस्था, थप आर्थिक अवसर तथा उत्थानशील समाज र अर्थतन्त्र निर्माण गर्ने विषयमा केन्द्रित थियो ।
आईसीटी समाचार