कीवर्डहरू -

डिल्लीबजार कन्या क्याम्पसलाई माछापुच्छ्रे बैंकको ४ थान मल्टिमिडिया प्रोजेक्टर सहयोग

डिल्लीबजार कन्या क्याम्पसलाई माछापुच्छ्रे बैंकको ४ थान मल्टिमिडिया प्रोजेक्टर सहयोग

माछापुच्छ्रे बैंक लिमिटेडले काठमाडौंको डिल्लीबजार कन्या बहुमुखी क्याम्पसलाई चार थान मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण गरेको छ ।

क्याम्पसले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने र नायब महाप्रबन्धक प्रसिद्धराज अर्यालले संयुक्त रुपमा उक्त प्रोजेक्टर क्याम्पस व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन् ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत क्याम्पसमा अध्ययनरत छात्राहरुको पढाइ र सिकाइ क्षमता अभिवृद्धि गरी गुणस्तरीय र प्रविधिमैत्री शिक्षाका लागि मल्टिमिडिया प्रोजेक्टर क्याम्पसलाई प्रदान गरेको हो ।