कीवर्डहरू -

डिजिटल भुक्तानी गर्दा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट

डिजिटल भुक्तानी गर्दा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले बुद्ध एयरबाट यात्रा गर्दा छुट पाउने भएका छन् । बैंक र बुद्ध एयरबीच यसबारे सम्झौता भएको हो ।  

सम्झौताअनुसार बैंकका ग्राहकका साथै उनीहरुको परिवार (बुबा, आमा, श्रीमती, छोरा/छोरी) समेतले बुद्ध एयरको हवाई टिकट खरिद गर्दा ८ प्रतिशत छुट पाउनेछन् । 

टिकटमा छुट लिनका लागि बुद्ध एयरका काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाईल बैंकिङ मार्फत भुक्तानी गर्नुपर्ने जनाइएको छ ।