कीवर्डहरू -

के स्मार्टफोनबाट ब्रेन क्यान्सर हुन्छ ? यस्तो भन्छ डब्लुएचओको पछिल्लो प्रतिवेदन

के स्मार्टफोनबाट ब्रेन क्यान्सर हुन्छ ? यस्तो भन्छ डब्लुएचओको पछिल्लो प्रतिवेदन

मोबाइल फोनको बारेमा तपाईंले धेरै किसिमका कुराहरू सुन्नु भएको होला । धेरैले दाबी गर्छन् कि यसको प्रयोगले ब्रेन क्यान्सर हुन सक्छ । यस विषयमा अहिलेसम्म धेरै रिपोर्टहरू आइसकेका छन् ।

डब्लुएचओ अर्थात् विश्व स्वास्थ्य संगठनले हालै एक समिक्षा रिपोर्ट जारी गरेको छ । मोबाइल फोनको प्रयोगले मस्तिष्क क्यान्सर नहुने  उक्त रिपोर्टमा उल्लेख गरिएको छ । 

डब्लुएचओले विगत दुई दशकभन्दा पुरानो रिपोर्टहरूलाई पुनः जाँच गरेको छ र त्यसको आधारमा आफ्नो समीक्षा तयार पारेको हो । पछिल्ला केही वर्षहरूमा संसारभरि स्मार्टफोनको प्रयोग बढेको छ । तर, यसको प्रयोग बढे पनि स्मार्टफोनको कारण मस्तिष्क क्यान्सरको कुनै सम्बन्ध फेला परेको छै ।

यस अनुसन्धानमा ती व्यक्तिहरूलाई समावेश गरिएको छ, जसले स्मार्टफोनको अत्यधिक प्रयोग गर्छन् । केही यस्ता व्यक्तिहरू पनि सहभागी भएका छन्, जसले वर्षौंदेखि फोनको अत्यधिक प्रयोग गर्दै आएका छन् । सन् १९९४ देखि २०२२ सम्म गरिएका ६३ अनुसन्धानको समीक्षा गरेपछि अनुसन्धानकर्ताहरूले यो जानकारी जारी गरेका हुन् ।

यस अनुसन्धानमा १० देशका ११ अनुसन्धानकर्ता सहभागी थिए, जसमा अस्ट्रेलिया सरकारको रेडिएसन प्रोटेक्सन अथोरिटीका विशेषज्ञहरू पनि सामेल थिए । 

यो अध्ययन बालबालिकादेखि ती सबै व्यक्तिहरूका लागि राहतको कुरा हो, जसले लामो समयसम्म स्मार्टफोन प्रयोग गर्छन् । यद्यपि, यसको मतलब यो होइन कि धेरै स्मार्टफोन प्रयोग गर्ने कुनै नकारात्मक प्रभाव छैन् । यस समीक्षामा रेडियोफ्रिक्वेन्सी रेडिएसनका प्रभावहरूमा बताइएको छ, जुन मोबाइल फोनसँगै टिभी, बेबी मोनिटर र अन्य उपकरणहरूमा पनि प्रयोग गरिन्छ ।

यस अनुसन्धानका सहलेखक र क्यान्सर विशेषज्ञ प्राध्यापक मार्क एलवुडले कुनै पनि अनुसन्धानमा जोखिम बढेको कुरा नदेखिएको बताए ।’ अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान एजेन्सी (आईएआरसी) ले मोबाइल फोनबाट निस्किने तरंगहरूलाई ’संभवतः क्यान्सरजन्य’ अर्थात् श्रेणी टूबीमा राखेको छ ।

यसको मतलब, अहिलेसम्म यसको क्यान्सरसँग सिधा सम्बन्ध प्रमाणित गर्न पर्याप्त प्रमाण छैन, तर यसलाई पूर्ण रूपमा अस्वीकार पनि गर्न सकिँदैन् । यो डेटा सन् २०११ मा गरिएको अनुसन्धानको हो । पुरानो डेटा हेरेर एजेन्सीका सल्लाहकार समूहले यस श्रेणीलाई चाँडै पुनः जाँच गर्न सिफारिस गरेका छन् ।