कीवर्डहरू -

‘विद्युतीय व्यापार विधेयक ई-कमर्सलाई प्रवर्द्धन होइन, नियन्त्रण गर्ने ढंगबाट आएको छ’

‘विद्युतीय व्यापार विधेयक ई-कमर्सलाई प्रवर्द्धन होइन, नियन्त्रण गर्ने ढंगबाट आएको छ’

नेकपा एमालेका सांसद रघुजी पन्तले विद्युतीय व्यापार विधेयक २०८० ले विद्युतीय व्यापारलाई प्रोत्साहित गर्नेभन्दा पनि नियन्त्रण गर्ने दृष्टिकोण अगाडि सारिएको बताएका छन् । 

प्रतिनिधि सभामा सोमबार विद्युतीय व्यापार सम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिंदै उनले यस्तो बताएका हुन् । 

विधेयकमा राखिएका प्रावधान अस्पष्ट भएको बताउँदै उनले ई-कमर्सलाई प्रवर्द्धन र नियमन गर्न जरूरी भएको बताए ।

‘ई-कमर्सलाई प्रवर्द्धन र नियमन गर्न जरूरी छ तर नियन्त्रण गर्ने विधेयक अगाडि सार्नु हुँदैन्,’ उनले भने, ‘यो विधेयक जस्ताको त्यस्तै पारित भए ई-कमर्सलाई नियमन गर्ने भन्दा नियन्त्रण गर्ने ढंगबाट आएको छ ।’

 यस ऐन बमोजिम कसुर ठहरिने काम अन्य प्रचलित कानुन अनुसार कसुर ठहरिने रहेछ भने त्यस्तो कानुन बमोजिम मुद्दा चलाउन बाधा पुग्ने छैन् भन्ने प्रावधानमा विरोध जनाउँदै उनले एउटै कसुरमा २ वटा सजाय गर्न पाइन्छ ? भन्दै प्रश्न गरेका थिए ।