स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली (ईएमआर) सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८१’ स्वीकृत गरेका छन् ।
एक स्थानमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी आवश्यक पर्ने सबै स्वास्थ्य संस्थाले विद्युतीय रुपमा प्राप्त गर्ने गरी तयार गरिएको निर्देशिका मन्त्री पौडेलले स्वीकृत गरेका हुन् ।
यससँगै अब सरकारी तथा निजी सबै स्वास्थ्य संस्थाहरुले अब विद्युतीय चिकित्सा अभिलेख प्रणाली अन्तर्गत एक अर्कासँग बिरामीका तथ्यांक तथा विवरण साझा गर्न मिल्ने गरी विकसित प्रणालीमा अभिलेख राख्नुपर्ने छ ।
यसले गर्दा बिरामीको खर्च, समय तथा परीक्षणमा हुने दोहोरोपनाको अन्त्य हुनुका साथै स्वास्थ्य सम्बन्धी नीति निर्माणमा एकीकृत तथ्यांक प्राप्त हुने बताइएको छ ।
रोगको निदान तथा उपचार पद्धतीमा बिरामीलाई कम भार पर्ने, एकीकृत तथ्यांकको भण्डारण र व्यवस्थापनले सेवाग्राही र प्रदायक दुवैलाई सहजता हुन गई सेवा प्रवाह द्रुत, चुस्त र प्रभावकारी हुने विश्वास गरिएको छ ।
फरक फरक खालका तथ्यांक पहिलो पटक मन्त्रालयको नियन्त्रणमा रहने केन्द्रीकृत प्रणालीमा आबद्ध हुँदा श्रोत छरिने र धेरै प्रणाली सञ्चालनको समस्या हट्ने मन्त्रालयले जनाएको छ ।
यस्तो छ निर्देशिका