कीवर्डहरू -

अब युट्युब भिडियोमा कपिराइट क्लेम भएको अडियो मात्रै पनि हटाउन सकिने, आउँदै छ नयाँ टुल

अब युट्युब भिडियोमा कपिराइट क्लेम भएको अडियो मात्रै पनि हटाउन सकिने, आउँदै छ नयाँ टुल

कपिराइट क्लेम भएको गीत हटाउन युट्युबमा अब ‘इरेज सङ’ टुल उपलब्ध हुने भएको छ । 

योसँगै अब युट्युब भिडियोको अडियोमा कपिराइट आयो भने कुराकानी लगायत डिलिट नगरेर कपीराइट लागेको अडियो मात्रै पनि डिलिट गर्न सकिने छ । 

कुनै क्रियटरले म्युजिकमा आफ्नो कपी राइड दावी गरेपछि युट्युबले हटाएको अडियोको ठाउँमा युट्युब लाइब्रेरी नयाँ म्युजिक राख्ने सुविधा समेत दिनेछ । 

अहिले इरेज सङ सुविधा युट्युले परीक्षण गरिरहेको छ । टुलमा एआई अल्गोरिदमको प्रयोग समेत हुनेछ, जसले भिडियोबाट कपीराइट म्युजिक पत्ता लगाउन र डिलिट गर्न सघाउने छ । 

यद्यपी यस टुलले काम गर्न सक्ने वा नसक्ने युट्युबले दुविधा व्यक्त गरेको छ । यो टुल केही समयपछि युट्युब स्टुडियोमा आउने छ ।