कीवर्डहरू -

गुगलका पाँच सुझावः अनलाइन स्क्याम चिन्ने र बच्ने उपाय

गुगलका पाँच सुझावः अनलाइन स्क्याम चिन्ने र बच्ने उपाय

ल्यान्डिङ पेज क्लोकिङबाट बच्नुहोस् । यो उच्च–प्रविधि ठगी हो, जहाँ स्क्यामरहरूले प्रयोगकर्ता र गुगललाई फरक सामग्री देखाउँछन् । यस्ता वेबसाइटहरूले प्रयोगकर्तालाई प्रख्यात वेबसाइटजस्तै अनुभव प्रदान गर्छ र तिनबाट लगइन आईडी तथा अन्य क्रेडेन्सियल्स माग्छन् ।  

डिपफेक म्यासेज  

गुगलका अनुसार कुनै पनि भिडियो, अडियो, र फोटो ध्यानपूर्वक हेर्नुहोस् । धेरै जसो अवस्थामा सेलेब्रिटीलाई कुनै ट्रेडिङ एपको प्रचार गरिरहेको देखाइन्छ, तर ती सेलेब्रिटीले त्यो एपको कहिल्यै प्रचार गरेका हुँदैनन् । यस्तो सामग्री सामान्यतया एआईको सहायताले बनाइएका हुन्छन् । यस्ता म्यासेजप्रति सतर्क रहनुस् र बिना जाँच लगानी नगर्नुस्।  

क्रिप्टो लगानीमा सतर्कता

यदि तपाईंलाई इमेल वा सन्देशमार्फत कुनै क्रिप्टो लगानी योजनामा आई रिटर्न दिने वाचा गरिएको छ भने, त्यो सम्भवतः स्क्याम हो । कुनै पनि वास्तविक योजना छोटो समयमा पैसा दोब्बर हुने ग्यारेन्टी दिन सक्दैन् । कुनै पनि प्रस्ताव “धेरै राम्रो“ लागेमा, त्यो धोका हुन सक्छ ।  

नक्कली एप र वेबसाइटहरूबाट बच्ने

धेरै साइबर अपराधीहरूले प्रख्यात एप र वेबसाइटहरूको नक्कल गरी प्रयोगकर्ताको व्यक्तिगत जानकारी चोरी गर्न खोज्छन् । यस्ता नक्कली पोर्टल वास्तविकजस्तै देखिन्छन् र कहिलेकाहीँ नयाँ आकर्षक सुविधा पनि थप्छन् । कुनै पनि एप केवल आधिकारिक एप स्टोर वा गुगल प्ले स्टोरबाट मात्र डाउनलोड गर्नुहोस् ।
 ​​

ल्यान्डिङ पेज क्लोकिङबाट बच्नुहोस् 

यस प्रकारको ठगीमा स्क्यामरहरूले प्रयोगकर्तालाई र गुगललाई फरक सामग्री देखाउँछन् । यस्ता वेबसाइटहरूले प्रयोगकर्ताको अकाउन्टमा पहुँच प्राप्त गर्न र पैसा चोरी गर्न लगइन जानकारी माग्छन् । यस्ता साइट पत्ता लगाउनका लागि यूआरएल ध्यानपूर्वक हेर्नुहोस् र रिडाइरेक्शनपछि पनि यूआरएल उस्तै छ कि छैन भन्ने सुनिश्चित गर्नुहोस् ।  

अनलाइन ठगी र स्क्यामहरूबाट बच्न गुगलका यी सल्लाहहरूलाई ध्यान दिनुस् र सुरक्षित रहनुहोस् ।