कीवर्डहरू -

फुडमाण्डुले सुरू गर्याे क्विक कमर्स सेवा वानमार्ट, ग्राेसरी अर्डर गरेकाे ३० मिनेटमै डेलिभरी हुने

फुडमाण्डुले सुरू गर्याे क्विक कमर्स सेवा वानमार्ट, ग्राेसरी अर्डर गरेकाे ३० मिनेटमै डेलिभरी हुने

नेपालकाे पहिलाे फुड डेलिभरी कम्पनी फुडमाण्डुले क्विक कमर्स सेवा सार्वजनिक गरेकाे छ । १४ औँवार्षिकोत्सवकाे अवसरमा कम्पनी क्विक कमर्स वानमार्ट सार्वजनिक गरेकाे हाे । 

सन् २०१० मा स्थापना भएदेखि फुडमाण्डुले अनलाइन फुड डेलिभरी सेवा सुरु गरेर ग्राहकवर्गलाई आफ्नी मनपर्ने रेस्टुरेन्टको खाना सजिलै घरमै पुर्याउँदै आएको छ । 

अहिले फुडमाण्डु काठमाडौं, पोखरा र चितवनमा पूर्ण रुपमा स्थापित भइसकेको फुडमाण्डु वानमार्टको सुरुवातसँगै अब फुडमाण्डुले ग्राहकहरुलाई ग्रोसरी लगायत दैनिक आवश्यक वस्तुहरु पनि घरमै डेलिभरी गर्नेछ। अब ग्राहकहरूले फुडमाण्डु एपबाट ७०० भन्दा बढी उच्च गुणस्तरीय वस्तुहरुको तुरुन्तै र भरपर्दो डेलिभरी पाउनेछन् । 

हालको लागि यो सेवा गैरीधाराबाट ३ किलोमिटरको दायरा भित्र पर्ने महाराजगन्ज, धुम्बाराही, बालुवाटार र मैतीदेबी जस्ता क्षेत्रहरूमा उपलब्ध छ भने छिटै नै यो सेवा काठमाडौं उपत्यकाभरी विस्तार गरिने कम्पनीले जनाएको छ ।

फुडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले फुडमाण्डु वानमार्टको माध्यमवाट हामी ग्राहकलाई दैनिक आवश्यक पर्ने हरेक दिनको किनमेललाई पनि मनपर्ने खाना अर्डर गरेजस्तै सहज बनाउन चाहेकाे बताए ।

फुडमाण्डुकाे एपमा गएर वानमार्टमा क्लिक गरि प्रयाेगकर्ताले दैनिक चाहिने सामग्री अर्डर गर्न सक्ने छन् ।अर्डर गरेकाे १५ देखि ३० मिनेटमा सामान डेलिभरी हुनेछ । 

पहिलाे चरणमा वानमार्ट सेवा काठमाडौं गैरिधारा र त्यसकाे ३ किलोमिटर वरिपरि उपलब्ध हुनेछ । त्यसपछि बिस्तारै अन्य ठाउँमा पनि विस्तार हुनेछ । वानमार्टमा अहिले ७०० प्रडक्ट उपलब्ध रहेकाे र त्यसलाई बिस्तारै २ हजार बढी पुर्याउने अधसकारीकाे भनाइ छ । 

साथै १४ औं वार्षिकोत्सवको अवसरमा फुडमाण्डुले 'फ्यान्टास्टिक १४' नामक सेल्स क्याम्पेनको सुरुवात गर्दै ७० प्रतिशत सम्मको छुट प्रदान गर्ने भएको छ। यस क्याम्पेनमा ग्राहकहरूलाई फ्याट डिस्काउन्ट, कम्बो अफर, बाई बान गेट वान डिल, क्याटेगोरी क्रन्च, फोर्टिन बाइट्स प्लेटर, फोर्टिन डेज फोर्टिन मेगा अफर र फोर्टिन्थ आवर सेल्स जस्ता आकर्षक अफरहरू उपलब्ध हुनेछन् । यी सबै अफरहरू फुडमाण्डुको १४ वर्षको अद्भुत यात्राको उत्सव मनाउन र ग्राहकहरूलाई आभार व्यक्त गर्न तयार गरिएको हो ।

आगामी दिनमा पनि ग्राहकहरूको सन्तुष्टिलाई अझै माथि उठाउन र ग्राहक-केन्द्रित अभियानहरू ल्याउँदै अघि बढ्न फुडमाण्डु प्रतिबद्ध रहेको छ।