कीवर्डहरू -

आईटी पार्कका लागि सरकारी तथा निजी भवन उपयोग हुने, ३ वर्षसम्म निःशुल्क वर्क स्टेशनको सुविधा

आईटी पार्कका लागि सरकारी तथा निजी भवन उपयोग हुने, ३ वर्षसम्म निःशुल्क वर्क स्टेशनको सुविधा

सरकारले आईटी पार्कका लागि सरकारी तथा निजी भवन उपयोग गर्ने भएको छ । 

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । 

काठमाडौं उपत्यका र बुटवलमा उपलब्ध सरकारी तथा निजी भवन उपयोग गरी उच्च गतिको इन्टरनेट, विद्युत सुरक्षा लगायतका पूर्वाधारसहित सूचना प्रविधि पार्क सञ्चालनको काम अगाडि बढाइने पुनले बताएका हुन् । 

यस्तो पार्कमा वर्क स्टेशन सञ्चालन गर्न निःशुल्क स्थान उपलब्ध गराइने समेत उनले घोषणा गरे । 

साथै सार्वजनिक निजी साझेदारीमा उत्याधुनिक सूचना प्रविधि हब सञ्चालन गर्नका लागि काठमाडौंको डिल्लीबजारस्थित चारखालमा बहुतले संरचना निर्माण पनि हुनेछ ।

यस बाहेक ललितपुरको खुमलटारमा ज्ञानपार्क स्थापना गर्न १७ करोड विनियोजन गरिएको छ ।