कीवर्डहरू -

सरस्वती पूजाको अवसरमा विद्यालय तथा कलेजलाई निःशुल्क स्कूल म्यानेजमेन्ट सफ्टवेयर पाठशाला

सरस्वती पूजाको अवसरमा विद्यालय तथा कलेजलाई निःशुल्क स्कूल म्यानेजमेन्ट सफ्टवेयर पाठशाला

सरस्वती पूजाको अवसरमा स्कूल म्यानेजमेन्ट सफ्टवेयर पाठशाला निःशुल्क उपलब्ध हुने भएको छ ।

सफ्टल्याब इंकले विगत ११ वर्षदेखि सञ्चालनमा रहेको स्कुल व्यवस्थापन सफ्टवेयर पाठशाला, विद्यालय र कलेजलाई निःशुल्क उपलब्ध गराउने भएको हो । 

अफरमा ग्राहकहरूले पाठशालाको बेसिक प्याकेज निःशुल्क पाउने छन् भने सिल्भर तथा गोल्ड प्याकेजमा क्रमशः ५० र ६० प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ ।

माघ १५ गतेदेखि फागुन ३ गतेसम्म यो अफर लागु हुनेछ । पाठशाला सफ्टवेयरमा अकाउन्ट व्यवस्थापन, स्टुडेन्ट प्रोफाइल व्यवस्थापन, फी बिलिङ म्यानेजमेन्ट, लाईभ अनलाइन पेमेन्ट सिस्टम, मोबाइल एप, नतिजा व्यवस्थापन, कार्यालय प्रशासन लगायतका सुविधा रहेका छन् ।

हाल ५०० भन्दा धेरै विद्यालय तथा कलेजले पाठशाला स्कुल व्यवस्थापन सफ्टवेयर प्रयोग गर्दै आएका छन् । पाठशाला आइएसओ २७००१:२०२२ बाट प्रमाणित स्कूल  म्यानेजमेन्ट सफ्टवेयर हो ।