काठमाडौं । अर्थ मन्त्रालयका कम्प्युटर अधिकृत निरज भुसालले विपद्का समयमा डेटा केवल सूचनामा सीमित नरही मानव अनुभव, आवागमन, आवश्यकता र उद्धार तथा प्रतिक्रियाको महत्वपूर्ण अभिलेख बन्ने बताएका छन् ।
डिजिटल नेपाल कन्क्लेभ २०२६ मा ‘Data From Disaster: Nepal’s 2026 Flash Floods: Capturing Human Experiences, Tracing Digital Footprints, Building a Resilient Future’ विषयमा सन्दर्भ प्रस्तुति दिँदै भुसालले विपद्बाट प्राप्त डेटा र डिजिटल फुटप्रिन्टको उपयोगबारे धारणा राखेका हुन् ।
उनका अनुसार विपद्का समयमा संकलित डिजिटल डेटा र फुटप्रिन्टको अध्ययनले के भयो भन्ने बुझ्न, प्रभावकारी रूपमा प्रतिक्रिया जनाउन तथा आगामी दिनमा त्यस्ता विपद्का लागि तयारी गर्न सहयोग पुर्याउन सक्छ ।
भुसालले विपद्का घटनासँग जोडिएका मानवीय अनुभव, मानिसको आवागमन र आवश्यकता लगायतका पक्षलाई डेटा तथा डिजिटल माध्यमबाट अभिलेखीकरण गर्न सकिने विषयमा जोड दिएका छन् ।
आईसीटी समाचार