कीवर्डहरू -

साउनदेखि ड्राइभिङ लाइसेन्सको काम राष्ट्रिय परिचयपत्रले नै गर्ने

साउनदेखि ड्राइभिङ लाइसेन्सको काम राष्ट्रिय परिचयपत्रले नै गर्ने

आगामी साउनदेखि राष्ट्रिय परिचयपत्रले समेत ड्राइभिङ लाइसेन्स काम गर्ने भएको छ । साउनदेखि ड्राइभिङ लाइसेन्स लिएकाले राष्ट्रिय परिचयपत्र देखाए पुग्ने छ । 

ड्राइभिङ लाइसेन्सको विवरणलाई राष्ट्रिय परिचयपत्रमा समावेश गरी कार्यान्वयनमा ल्याउने गरी यातायात व्यवस्था विभागले काम गरिरहेको छ । 

पछिल्लो समय सबै सरकारी सेवा सुविधाहरूलाई राष्ट्रिय परिचयपत्रसँग जोड्ने अभियानमा सरकार अगाडि बढेको छ । राष्ट्रिय परिचयपत्र भएपछि अन्य कुनै पनि परिचयपत्र आवश्यक नपर्ने गरी यसको सुरूवात गरेको थियो । 

त्यसै अनुसार ड्राइभिङ लाइसेन्सको विवरणलाई राष्ट्रिय परिचयपत्रमा समावेश गर्ने काम अगाडि बढेको हो । यस बाहेक आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता र पेन्सनको नवीकरण बायोमेट्रिक भेरिफिकेसनमार्फत गर्ने प्रणाली पनि लागू हुँदैछ ।