कीवर्डहरू -

कुमारी बैंकको एपबाट अब विनाधितो २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने

कुमारी बैंकको एपबाट अब विनाधितो २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने

 कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने ग्राहकका लागि मोबाइल बैंकिङ एप मार्फत विना धितो दुई लाख रुपैयाँसम्मको कर्जा दिन सक्ने फोनलोन सुविधा सञ्चालनमा ल्याएको छ ।

आफ्ना क्यूआर मर्चेन्टलाई विना झन्झट कुमारी मोबाइल बैंकिङ एप मार्फत कर्जा उपयोग गर्न सक्ने फोनलोन सुविधा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

यो सुविधाबाट विशेष गरी घरेलु, साना तथा मझौला उद्यमीका वित्तीय कारोबार डिजिटल माध्यममा आकर्षित गर्न तथा उद्यमीका सानातिना वित्तीय आवश्यकता पूरा हुने विश्वास बैंकले लिएको छ ।