कीवर्डहरू -

नेपाली बजारमा ग्यालेक्सी ए ०५ र ग्यालेक्सी ए ०५ एस स्मार्टफोन सार्वजनिक, यस्तो छ मूल्य

नेपाली बजारमा ग्यालेक्सी ए ०५ र ग्यालेक्सी ए ०५ एस स्मार्टफोन सार्वजनिक, यस्तो छ मूल्य

सामसङले ग्यालेक्सी ए सिरिज अन्तर्गत ग्यालेक्सी ए ०५ र ग्यालेक्सी ए ०५ एस स्मार्टफोन सार्वजनिक भएको छ । सामसङको इन्ट्री–लेभलका फोन नेपाली बजारमा सार्वजनिक भएका हुन् । 

ग्यालेक्सी ए ०५ ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज तथा ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध रहेको छ । यस्तै ग्यालेक्सी ए ०५ एसमा ४ जीबी र्‍याम १२८ जीबी स्टोरेज तथा ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेजमा उपलब्ध रहेको छ । 

यी नयाँ प्रस्तुत गरिएका दुवै ग्यालेक्सी ए०५ र ग्यालेक्सी ए०५ एसमा क्रमशः ६.७ इन्च र ६.७२ इनचको स्क्रिनहरु सहितको ५० एमपि प्राइमरी क्यामरा जडित छन् । दुवै नयाँ स्मार्टफोनहरुले अतिरिक्त स्टोरेज विकल्पसहितको माइक्रो एसडिका साथ १ टिबि बाह्य मेमोरीलाई समर्थन गर्नेछन्, जसको कारण प्रयोगकर्ताहरुले उनीहरुले क्याप्चर गरेका सबै मेमोरीहरु र स्टोरीहरुलाई सजिलै सुरक्षित राख्न सक्दछन् ।

ग्यालेक्सी ए०५ मा भएको अद्भूत ५० मेगापिक्सेल क्यामरालाई पछाडिपट्टी २ मेगापिक्सेलको डेप्थ लेन्स र अगाडिपट्टि ८ मेगापिक्सेल क्यामेरा राखिएको छ । ग्यालेक्सी ए०५ एसको कुरा गर्ने हो भनें यसमा भएको म्याक्रो लेन्स र अगाडिपट्टि १३ मेगापिक्सेल क्यामराका साथ २ मेगापिक्सेल क्षमतायुक्त अत्यन्त गहन सेन्सर भएको प्राइमरी कयामराका साथ तिनवटा लेन्सयुक्त पछाडिको क्यामराबाट कुनै पनि पल क्याप्चर गर्न सकिने कम्पनीले जनाएको छ । 

ग्यालेक्सी ए ०५ एसमा क्वालकमको स्न्यापड्रागन ६८० प्रोसेसर प्रयोग गरिएको छ भने साइड माउण्ट फिंगरप्रिन्ट सेन्सर पनि जडान गरिएको छ । यी दुवै नयाँ मोडलहरुमा ५००० एमएएच क्षमताको ब्याट्री रहेको हुँदा बिना कुनै आशँका तपाईंलाई दिनभर काम गर्न र खेल्नको लागि पर्याप्त पावर प्राप्त हुने सामसङको दावी छ । यी फोनहरुमा २५ वाटको ओरिजिनल एडप्टर पनि रहेको छ ।

सासमङ ग्यालेक्सी ए ०५ आकर्षक कालो, हल्का हरियो र रजत रङ्गहरुमा उपलब्ध हुनेछन् र यसको बजार मुल्य ४÷६४ जीबीको लागि १४ हजार ९९९ रूपैयाँ र ६÷१२८ जीबीको लागि १८ हजार ९९९ रूपैयाँ कायम गरिएको छ । यसैगरी ग्यालेक्सी ए ०५ एस कालो, हल्का हरियो र हल्का बैजनी रङ्गहरुमा उपलब्ध हुनेछन् र यसको बजार मुल्य ४÷१२८ जिबिको लागि २१ हजार ९९९ रूपैयाँ र ६÷१२८ जिबिको लागि २३ हजार ९९९ रूपैयाँमा उपलब्ध रहेको छ। 

तपाईले यी उत्कृष्ट नयाँ स्मार्टफोनहरू कुनै पनि अधिकृत सामसङ स्टोरहरूमा गई इन्स्टा फाइनान्स सेवाका साथ सजिलै सँग  प्राप्त गर्न सक्नुहुन्छ । यो सेवाद्वारा झन्झट मुक्त जिरो प्रतिशत ब्याजदरमा ईएमआई सुविधा पाइने छ ।