कीवर्डहरू -

नेपालमा सार्वजनिक भयो ग्यालेक्सी एस २४ सिरिज, यस्ता छन् फिचर

नेपालमा सार्वजनिक भयो ग्यालेक्सी एस २४ सिरिज, यस्ता छन् फिचर

नेपालमा सामसङको ग्यालेक्सी एस २४ सिरिज सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच सामसङले ग्यालेक्सी एस २४ सिरिज स्मार्टफोन नेपालमा सार्वजनिक गरेको हो । 

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले ग्यालेक्सी एस२४ साँच्चै नै भविष्यको फोन भएको बताए । क्वालकम स्न्याड्रयागन ८ जेन थ्री प्रोसेसर प्रयोग गरिएको यस फोनमा ग्राहकलाई सहज अनुभव प्रदान गर्न विभिन्न एआई फिचर राखिएको छ । कम्पनीले यसलाई ट्रु एआई पावर्ड फोनको नाम समेत दिएको छ ।

ग्यालेक्सी एस २४ सिरिजले फोन कलको वास्तविक–समयमा नै दुई–तर्फी आवाज र टेक्स्ट दुवै १३ भाषामा लाइभ ट्रान्सलेट गर्न सक्ने छ । सामसङ किबोर्डमा निर्मित एआईले १३ भाषाहरूमा सन्देशहरू वास्तविक समयमा अनुवाद गर्न सक्ने छ ।  यस्तै सामसङ नोट्समा भएको नोट अस्सिस्टले एआई जेनरेटेड सारंश उपलब्ध गराइ आफूले चाहेको फर्म्याटमा राखि दिनेछ । 

भ्वाइस रेकर्डिंगका लागि, धेरै जना बोलिरहेको बेला पनि, ट्रांस्क्रिप्ट अस्सिस्टले एआई र स्पीच–टु–टेक्स्ट टेक्नोलोजी प्रयोग गरि सारांश ट्रान्सक्राइब गरी रेकर्डिङहरू अनुवाद गर्न सकिने छ ।ग्यालेक्सी एस २४ ले पहिलो पटक कुनै अरु मोबाइल फोनमा नभएको सर्कल टु सर्च ल्याउँदै गुगल मार्फत खोज गर्ने तरिकालाई परिवर्तन गरिदिएको छ ।

प्रयोगकर्ताहरुले ग्यालेक्सी एस २४ को स्क्रिनमा सर्कल, हाइलाइट, स्क्रिबल वा ट्याप गरि उच्च गुणस्तरको परिणामहरु प्राप्त गर्न सक्ने सामसङले जनाएको छ । ग्यालेक्सी एस २४ सिरिजमा भएको ग्यालेक्सी एआई एडिटिंग टूल्सले नचाहिने भाग मेटाउने, पुनः रचना गर्ने, र रिमास्टर जस्ता सम्पादनहरूलाई सक्षम पार्नेछ ।

ग्यालेक्सी एआईले प्रत्येक फोटोको लागि पूर्ण रूपमा उपयुक्त ट्वीकहरूको सुझाव दिन्छ र जेनेरेटिभ एडिटले फोटोको कुनै पनि भागलाई जेनेरेटिभ एआईले आफुले चाहेको जस्तो परिवर्तन गरिदिनेछ । 

फोनमा सुरक्षाका लागि सामसङ नक्सको सुविधा समेत रहेको छ, जसले हार्डवेयर सेक्युरिटीदेखि रियलटाइम थ्रेट प्रोटेक्सनमा समेत सघाउने छ । ग्यालेक्सी एस २४ सिरिजमा सात जेनेरेसनका ओएस अपग्रेड र सात वर्षको सुरक्षा अपडेटहरू प्राप्त हुनेछ ।

कम्पनीका अनुसार ग्यालेक्सी एस २४ (१२+५१२ जीबी) मूल्य १ लाख ९९ हजार ९९९, एस २४ अल्ट्रा (१२+२५६ जीबी) को मूल्य १ लाख ८४ हजार ९९९, ग्यालेक्सी एस २४ प्लस (१२+२५६ जीबी) को मूल्य १ लाख ४२ हजार ९९९ र ग्यालेक्सी एस २४ बेस (८+२५६ जीबी) को मूल्य १ लाख १९ हजार ९९९ रूपैयाँ तोकिएको छ ।

यसअघि प्रि-बुकिङ खुला भएको फोन माघ २४ गतेदेखि बजारमा उपलब्ध हुने सामसङ नेपालले जनाएको छ ।