कीवर्डहरू -

ग्यालेक्सी एस२३ एफ इः अल्टिमेट फ्यान एडिसन अब चाँडै नेपालमा सार्वजनिक हुँदै

ग्यालेक्सी एस२३ एफ इः अल्टिमेट फ्यान एडिसन अब चाँडै नेपालमा सार्वजनिक हुँदै

ग्यालेक्सी एस२३ सिरिजको अपार सफलता पश्चात् सामसङ्ग नेपालले सर्वाधिक प्रतिक्षा गरिएको विशेष फ्यान एडिसन– नयाँ ग्यालेक्सी एस२३ एफ इ बजारमा ल्याउने सम्पूर्ण तयारी पूरा गरेको छ । ग्यालेक्सी एस२३ सिरिज विश्वव्यापी रुपमा नै लोकप्रिय भइ उपभोक्ताहरुको सबै ध्यान आफूमा केन्द्रित गर्न सफल भएको छ ।

ग्यालेक्सीका प्रशंसकहरुले देखाएको अभिरुची र प्रेरणाबाट उत्साहित हुँदै सामसङ्ग इलेक्ट्रोनिक्सले आफ्नो एस२३ सिरिजका फोनहरुको विशेषताहरुलाई कायम राख्दै अत्यन्त सुलभ मुल्यदरको नयाँ ग्यालेक्सी एस२३ एफ इ विश्व बजारमा ल्याइसकेको छ ।

ग्यालेक्सी एस२३ एफ इ, एस२३ सिरिजकै एक्सटेनशन होे, जसमा ग्यालेक्सीका प्रशँसकहरुले मनपराएका मुख्य विशेषताहरुलाई सुलभ मुल्यमा साथ एउटा एपिक स्मार्टफोनमा समाविष्ट गरिएको छ । फ्लाग्शिप मोबाइलको अनुभव लिन वा आफ्नो मोबाइललाई अपग्रेड गर्न चाहने ग्राहकहरुका लागि यो नयाँ एफ इ अत्यन्तै उपयुक्त हुनेछ ।

नयाँ एस२३ एफ इ मा भएको सर्वोत्कृष्ट कार्य क्षमताहरुले ग्यालेक्सी प्रयोगकर्ताहरुलाई उनीहरुको  क्रिएटिभिटि र प्रडक्टिभिटि अझ बढाउन मद्दत गर्नेछ । ग्यालेक्सी एस२३ एफ इ आउँदो डिसेम्बरमा नेपाली बजारमा प्रवेश गरेर तहल्का मच्चाउन तम्तयार रहेको छ । यो मोबाइलको प्री–अर्डर देशभरका सामसङ्ग स्टोरहरुबाट नोभेम्बरको अन्तिम साताबाट खुला हुने अपेक्षा गरिएको छ ।