कीवर्डहरू -

ग्लोबल आइएमई बैंकको योजना, अनलाइनबाट भाषा परीक्षा शुल्क तिर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट

ग्लोबल आइएमई बैंकको योजना, अनलाइनबाट भाषा परीक्षा शुल्क तिर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट

ग्लोबल आइएमई बैंकले वैदेशिक शिक्षा तथा भाषा परिक्षाका लागि लाग्ने विभिन्न शुल्कहरुको अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको योजना अनुसार नेपाली विद्यार्थीहरुले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुको शैक्षिक शुल्क, बीमा शुल्क लगायत विभिन्न भाषा परिक्षाको शुल्क अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्नेछ । यो योजना अगस्ट ३१, २०२५ सम्म लागू हुनेछ ।

अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी सेवामा सेवाग्राहीहरुले भुक्तानीको लागि आवश्यक पर्ने सम्पूर्ण कागजजात पुरा गरेपश्चात् बैंकले रकम भुक्तानीको लागि लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने छ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।