कीवर्डहरू -

सामाजिक सञ्जाललाई नियमन गर्न छुट्टै विधेयक ल्याउँदै सरकार

सामाजिक सञ्जाललाई नियमन गर्न छुट्टै विधेयक ल्याउँदै सरकार

सरकारले सामाजिक सञ्जाललाई नियमन गर्ने गरी छुट्टै कानुन बनाउने भएको छ । मंसिर ७ गते बसेको बैठकले सामाजिक सञ्जाललाई नियमन सम्बन्धि विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत दिएको हो । 

सामाजिक सञ्जालको प्रयोगलाई नियमन (सञ्चालन तथा व्यवस्थापन) गर्ने सम्बन्धी विधेयक तर्जुमा गर्न मन्त्रीपरिषदको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृत दिएको छ ।  

सरकारले हालै मात्र सामाजिक सञ्जाल निर्देशिका जारी गरेको छ भने अब छुट्टै कानुन निर्माण गर्ने प्रक्रिया समेत अगाडि बढाएको हो । 

केही समय अगाडि मात्रै सामाजिक सञ्जाल टिकटकमा समेत प्रतिबन्ध लगाएको थियो । पछिल्लो समय सामाजिक सञ्जालमाथि कडाइ गर्न सरकार अगाडि बढेको छ ।