कीवर्डहरू -

फोनको स्टोरेज कम छ ? त्यसो भए स्टोरेजका लागि यी विकल्प प्रयोग गर्नुहोस्

फोनको स्टोरेज कम छ ? त्यसो भए स्टोरेजका लागि यी विकल्प प्रयोग गर्नुहोस्

बजारमा विभिन्न र्याम र स्टोरेज भेरियन्ट भएका स्मार्टफोनहरू उपलब्ध छन् । बजेट फोनमा पनि १२८ जीबी वा त्योभन्दा माथिको स्टोरेज सुविधा हुन्छ । 

तर पनि प्रविधिको उपयोग बढ्दै जाँदा त्यो स्टोरेज पनि हामीलाई कम हुन थालेको छ । फोटो, भिडियो, एप लगायतले फोनको स्टोरेज भरिएको हुन्छ । 

फोन आज हाम्रो जीवनको महत्वपूर्ण हिस्सा बनिसकेको छ, तर कम मेमोरीको कारण, धेरै पटक हामी समस्या सामना गरिरहेका हुन्छौं ।

यदी तपाईको फोनमा पनि स्टोरेज कम छ भने आज हामी तपाईलाई केही अन्य विकल्पको बारेमा जानकारी दिदैछौं । 

क्लाउड स्टोरेज प्रयोग गर्नुहोस्

तस्बिर र भिडियोहरूले फोनमा सबैभन्दा धेरै मेमोरी खपत गर्दछ, त्यसैले स्टोरेज सेभ गर्न, गुगल फोटो वा अन्य क्लाउड भण्डारण सेवाहरू प्रयोग गर्नु राम्रो हुन्छ ।

अहिले धेरै मोबाइल कम्पनीहरुले क्लाउड स्टोरेजको सुविधा पनि दिइरहेका छन् । यस्तो अवस्थामा तपाईले आफ्नो फाइललाई फोनको सट्टा सर्भरमा राख्न क्लाउड स्टोरेज प्रयोग गर्न सक्नुहुन्छ ।

तपाईंले निश्चित स्टोरेजसम्म निःशुल्क क्लाउड स्टोरेज प्रयोग गर्न सक्नुहुन्छ । यसका साथै शुल्क तिरेर पनि आफुलाई आवश्यक पर्ने जति स्टोरेज प्रयोग गर्न सकिने छ । 

अस्थायी फाइल डिलिट गर्ने

फोनमा रहेको क्यास मेमोरी मेटाएर पनि स्टोरेज घटाउन सकिन्छ । यसका लागि, तपाईं स्टोरेजमा जानुहोस्, एप्स अप्सन खोल्नुहोस् र क्यास खाली गर्नुहोस् । क्यास, फोनले भण्डारण गर्ने अस्थायी फाइलहरू हुन् । फोनको स्टोरेजमा गएर पनि सम्पूर्ण क्यास फाइल मेटाउन सकिन्छ ।

क्लिनीङ एप प्रयोग गर्ने

फोनको मेमोरी बढ्दै जाँदा, प्रयोगकर्ताहरूले प्रायः धेरै क्लिनींग गर्ने एपहरू प्रयोग गर्छन् । यसको सट्टा, गूगलको फाइल नामक गुगल एप प्रयोग गर्नुहोस् । यसले क्लिनीङ एपको रूपमा पनि काम गर्दछ ।

यसमा जंक फाइल, डुप्लिकेट फाइल, मीम्स, ठूला फाइल आदि जस्ता धेरै चीजहरू एकसाथ देखिन्छन् । यो प्रयोग गरेर, धेरै स्टोरेज कम गर्न सकिन्छ ।