कीवर्डहरू -

नमस्ते पेलाई ‘मोस्ट इनोभेटिभ डिजिटल वालेट डिप्लोयमेन्ट’ अवार्ड

नमस्ते पेलाई ‘मोस्ट इनोभेटिभ डिजिटल वालेट डिप्लोयमेन्ट’ अवार्ड

डिजिटल वालेट नमस्ते पेलाई आइबीएस इन्टेलिजेन्स ग्लोबल फिनटेक इनोभेसन अवार्ड २०२३ को चौथो संस्करणमा ‘मोस्ट इनोभेटिभ डिजिटल वालेट डिप्लोयमेन्ट’को अवार्ड पाएको छ । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत विनय बिजुक्छेले उक्त अवार्ड ग्रहण ग्रहण गरेका हुन् । 

मुम्बईमा आयोजित उक्त कार्यक्रम सन् १९९१ मा स्थापना भएको बेलायतमा रहेको कम्पनी इन्टरनेशनल बैंकिङ सिस्टम्स इन्टेलिजेन्स (आईबीएसआई) ले आयोजना गरेको थियो । 

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले प्रतिष्ठित विश्वव्यापी अवार्ड प्राप्त गर्न पाउँदा खुसी व्यक्त गर्दै यसले नगदरहित समाज निर्माण गर्नेतर्फ दायित्व बढेको बताए । 

नेपालको फिनटेक परिदृश्यमा एक रचनात्मक वालेट सेवा प्रदायक बनाउन नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेडको निरन्तर प्रयास र नमस्ते पेले आफ्नो स्थापनाको दिनदेखि नै नवप्रवर्तनात्मक विद्युतीय भुक्तानीका समाधानहरू ल्याउने प्रयास गर्दै आएको छ। 

यएसएसडी च्यानलमार्फत रियल टाइम अफलाइन भुक्तानी समाधानको सुरुवातसँगै, ग्राहकहरूले डिजिटल लेनदेन गर्दा बिना इन्टरनेट पनि *500# डायल गरेर वालेट सेवा अफलाइनमा पहुँच गर्न सक्नेछन्, जसले उपभोक्ताहरूका लागि डिजिटल वित्तमा खुला पहुँच प्रदान गरेको छ। 

नमस्ते पे ले रिक्वेस्ट मनी सुविधामार्फत पीटुपी उधारो सेवा उपलब्ध गराएर उपभोक्ताहरूलाई प्रदान गर्ने सुविधाहरूमा नवीनताको पहलकर्ता समेत भएको छ र उपभोक्ताहरूलाई समूहको बिल भुक्तानी गर्न सजिलो बनाउन स्पिलिट बिल जस्ता सुविधाहरू पनि ल्याएको छ ।