कीवर्डहरू -

अनर एक्स सेभेन बी सार्वजनिक, कति छ मूल्य ?

अनर एक्स सेभेन बी सार्वजनिक, कति छ मूल्य ?

नेपाली बजारमा अनर एक्स सेभेन बी सार्वजनिक भएको छ । अनरको आधिकारिक बिक्रेता सेल्ट्रोन नेपालले अनर एक्स सेभेन बी मोडेल सार्वजनिक गरेको हो ।

फोनमा ६००० एमएएच ब्याट्री भएको छ । अनर एक्स सेभेन बीले डीएक्सओमार्कबाट ब्याट्रीमा  गोल्ड लेबल पाएको छ, जसले एक चार्जमा ३ दिनसम्म ब्याट्री चल्ने कम्पनीको दावी छ । 

एकल चार्जमा, अनर एक्स सेभेन बीले १८ घण्टासम्मको भिडियो स्ट्रिमिङ, २४ घण्टा सोसल मिडिया ब्राउजिङ वा ६९ घण्टा संगीत स्ट्रिमिङलाई समर्थन गर्न सक्ने कम्पनीको भनाइ छ ।

६.८ इन्च अनर फुल भ्यू डिस्प्ले रहेको यसमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ ।  अनर एक्स सेभेन बीमा २५६ जीबी स्टोरेज रहेको छ । फोनमा ८ जीबी र्‍याम रहेको छ भने थप ८ जीबी भर्चुअल र्‍यामको समेत सुविधा छ ।

अनर एक्स सेभेन बीमा क्वालकम स्न्यापड्रयागन ६८० प्रोसेसर प्रयोग गरिएको छ । फोन एन्ड्रोइड १३ र म्याजिक ओएस ७.२ मा चल्छ । सेलट्रोन नेपालले अनर एक्स सेभेन बीको मूल्य मूल्य २३ हजार ९९९ रुपैयाँ तोकेको छ ।

अर्ली बर्ड अफर अन्तर्गत ग्राहकले अनर एक्स सेभेन बी २२ हजार ९९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् । यो अफर ३१ मार्चसम्म मान्य हुनेछ । यो फ्लोइङ सिल्भर, इमराल्ड ग्रीन र मिडनाइट ब्ल्याक गरी तीन रंगहरूमा उपलब्ध रहेको छ ।