कीवर्डहरू -

दुई विद्यार्थीको सानो आइडियाले कसरी बन्यो गूगल ?

दुई विद्यार्थीको सानो आइडियाले कसरी बन्यो गूगल ?

कल्पना गर्नुहोस्, दुई विद्यार्थी, कोठामा बसेर संसार बदल्ने योजना बुन्दै छन् । एउटा सानो छात्रावासको कोठाबाट सुरु भएको आईडिया आज विश्वकै ठूलो प्रविधि कम्पनी बनेको छ ।

यो कथा हो, स्ट्यानफोर्ड विश्वविद्यालयका विद्यार्थी ल्यारी पेज र सर्गेई ब्रिनको । कुनै पनि जानकारीलाई फेला पार्न निकै सजिलो सर्च इन्जिन बनाउने उनीहरूको सपना थियो । 

त्यही सपना पूरा गर्ने क्रममा उनीहरूले तत्कालीन समयको ठूलो सर्च इन्जिन याहूको ढोका ढकढक्याए, तर त्यहाँबाट निराशा मात्र हात लाग्यो । यद्यपि, उनीहरूले हार मानेनन् । ल्यारी र सर्गेईले देखेको सपना साकार भयो । साकार मात्रै भएन,  विश्वकै एक सफल कम्पनी 'गुगल' बन्न पुग्यो ।

दुई दशक अगाडि २ दुई विद्यार्थीले देखेको सपनामा सन् १९९८ मा सन माइक्रोसिस्टम्सका सह–संस्थापक एन्डी बेक्टहोल्सहेमले ६५ लाख ६० हजार लगानी लगानी गर्ने निर्णय गरे ।  एन्डीले  ल्यारी पेज र सर्गेई ब्रिनमाथि गरेको विश्वासले गुगलको सुरुवात भयो । 

त्यो वर्ष, ल्यारी पेज र सर्गेई ब्रिन इन्टरनेटको दुनियाँ बदल्न सक्ने खजानासहित याहूको ढोका ढक ढक्याएका थिए । याहूलाई आफ्नो अद्भुत सर्च इन्जिन सिस्टम देखाए । पेज र ब्रिनले आफ्नो पेजरैंक सिस्टम केवल ४१ मिलियनमा बेच्ने प्रस्ताव गरेका थिए । तर दुःखको कुरा, याहूले गूगलको मूल्य बुझ्न सकेन र यो सुनौलो मौका गुमायो ।

सन् १९९९ को सुरुमा संस्थापकहरूले आफ्नो पढाइ तीव्र रूपमा बढ्दै गरेको सर्च इन्जिन प्रोजेक्टका लागि बाधा बनिरहेको महसुस गरे । त्यसपछि, यी दुई साथीले आफ्नो सर्च इन्जिन एक्साइटलाई ४१ मिलियनमा बेच्ने प्रस्ताव गरे । तर, एक्साइटका सीईओ जर्ज बेलले पनि यो प्रस्ताव अस्वीकार गरे । भेन्चर क्यापिटलिस्ट विनोद खोसलाले मूल्य घटाएर ७६ लाख पुर्‍याए पनि यो प्रस्ताव स्वीकृत भएन ।

सन् २००२ मा गुगलले इन्टरनेट विज्ञापनको दुनियाँमा क्रान्ति ल्यायो । दुई साथी मिलेर एडवड्र्स नामक प्लेटफर्म सुरु गरे, जसले कम्पनीहरूलाई आफ्नो उत्पादन लाखौं मानिससम्म पुर्‍याउन नयाँ तरिका दिएको थियो ।

यस प्लेटफर्ममा कम्पनीहरूले आफ्नो उत्पादनसँग सम्बन्धित शब्दहरूमा दाब लगाउन सक्थे । जब कुनै प्रयोगकर्ताले ती शब्दहरू सर्च गर्थे, तिनीहरूको विज्ञापन देखिन्थ्यो । यी विज्ञापनहरू क्लिक भएपछि मात्र शुल्क लाग्थ्यो । यो नयाँ तरिकाले गुगललाई प्रविधि दुनियाँको ठूलो खेलाडी बनाउन सफल भयो ।

अब आफ्नो गल्ती महसुस गर्दै सन् २००२ मा याहूका मालिक टेरी सेमेलले गुगल किन्ने सोच गरेका थिए । याहूका संस्थापकहरूले टेरी सेमेललाई यो कदम चाल्न सल्लाह दिए । टेरी सेमेलले गुगलका मालिकहरू, ल्यारी पेज र सर्गेई ब्रिनसँग भेटेर अगाडिको योजना बारे सोधेका थिए । तर ल्यारी र  सर्गेईलाई अगाडि के गर्ने पनि थाहा थिएन । 

सुरुमा, गुगलका मालिकहरूले याहूसँग ४१ अर्ब मागेका थिए । जब याहूले मान्यो, तब उनले आफ्नो माग बढाएर ४३ अर्ब पुर्‍याए । त्यसपछि सम्झौता भंग भएको थियो । त्यसपछि, याहूले अर्को उपाय अपनाउँदै इन्कटोमी नामक सर्च इन्जिन किन्ने निर्णय गर्‍यो । तर, गुगल धेरै तीव्र रूपमा बढिरहेको थियो । त्यसपछि पछाडि फर्केर कहिल्यै हेर्नु परेन ।