कीवर्डहरू -

इन्स्टाग्रामको मल्टी अडियो ट्र्याक फिचर कसरी प्रयोग गर्ने ?

इन्स्टाग्रामको मल्टी अडियो ट्र्याक फिचर कसरी प्रयोग गर्ने ?

मेटाको इन्स्टाग्राम एप अर्बौले प्रयोग गर्दै आएका छन् । इन्स्टाग्रामबाट मानिसहरूले आफ्ना फोटो र भिडियोहरूलाई लाखौं मानिसहरूसम्म पुर्‍याउन सहयोग गर्दछ ।

यसको सबैभन्दा लोकप्रिय सेवा रिल्स हो, जसमा मानिसहरूले साना साना क्लिपहरूलाई जोडेर एक मिनेटसम्मको राम्रो भिडियो बनाउँछन् ।

प्लेटफर्मले आफ्ना प्रयोगकर्ताको अनुभवलाई उत्कृष्ट बनाउनका लागि नयाँ नयाँ फिचरहरू ल्याउँदै आएको छ । यसैगरी एउटा फिचर इन्स्टाग्रामको मल्टी–अडियो ट्रयाक फिचर हो, जसमा तपाईंले रील्समा २० ओटा अडियो ट्र्याकहरू जोड्न सक्नुहुन्छ ।

यस फिचरको मद्दतले तपाईंको कन्टेन्ट बढी क्रिएटिभ देखिन्छ । सँगसँगै यसले क्रिएटरहरूलाई पनि लचिलोपन प्रदान गर्छ । 

कसरी प्रयोग गर्ने  मल्टी अडियो ट्रयाक फिचर ?

सबैभन्दा पहिले आफ्नो इन्स्टाग्राम एपलाई अपडेट गर्नुहोस् । यसपछि इन्स्टाग्राम एप खोल्नुहोस् र एउटा नयाँ रील राख्न सुरू गर्नुहोस् ।

अब एड टू मिक्स विकल्पलाई छान्नुहोस्, जसले तपाईंलाई अन्य कस्टमाइज फिचरहरू छनौट गर्न दिन्छ । यसपछि इन्स्टाग्रामको म्युजिक लाइब्रेरीबाट आफ्ना रील्सका लागि अडियो ट्र्याक छान्नुहोस् । तपाईं २० ट्र्याकसम्म जोड्न सक्नुहुन्छ ।

यसपछि आफ्नो मनपर्ने एफेक्ट बनाउनका लागि प्रत्येक अडियो ट्र्याकको भोल्यूम, टाइमिङ र प्लेसमेन्ट एड्जस्ट गर्नुहोस् ।

सबै सेटिंग पूरा भएपछि आफ्नो रीललाई आफ्ना फलोअरहरूसँग सेयर गर्नुहोस् । यदि तपाईं आफ्नो रील्सलाई अझ राम्रो बनाउन चाहनुहुन्छ भने अडियो ट्र्याकका विभिन्न संयोजनको प्रयोग गर्नुहोस् ।

यससँगै ट्रेन्डिङ गीतहरूको मेशअप वा रिमिक्स बनाउनका लागि तपाईं यस सुविधाको प्रयोग गर्न सक्नुहुन्छ । 

तपाईं रील्सको पहुँच बढाउनका लागि अडियो ट्र्याकलाई आफ्ना रीलमा भिजुअल एलिमेन्टसँग लाइनअप गर्न सक्नुहुन्छ ।