कीवर्डहरू -

समकक्षता प्रमाणपत्र वितरण सेवा अस्थायी रूपमा बन्द

समकक्षता प्रमाणपत्र वितरण सेवा अस्थायी रूपमा बन्द

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले अनलाइनमार्फत प्रदान गर्दै आएको समकक्षता प्रमाणपत्र वितरणसम्बन्धी सेवा अस्थायी रूपमा बन्द गरेको छ । अनलाइन प्रणालीमा सुरक्षा अद्यावधिक गर्नुपर्ने भएपछि सेवा रोकिएको केन्द्रले जनाएको छ ।

राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सम्बन्धित प्रणालीमा सुरक्षा कमजोरी फेला परेको भन्दै आवश्यक सतर्कता अपनाउन साइबर सुरक्षा एड्भाइजरी जारी गरेको थियो । सोही चेतावनीलाई ध्यानमा राख्दै पाठ्यक्रम विकास केन्द्रले आफ्नो अनलाइन समकक्षता प्रणालीको सुरक्षा मजबुत बनाउने काम अघि बढाएको हो ।

प्रणालीको सुरक्षा अद्यावधिक तथा प्राविधिक सुधारको काम जारी रहेकाले समकक्षता प्रमाणपत्रसम्बन्धी सेवा हाललाई उपलब्ध नहुने केन्द्रले जानकारी दिएको छ । प्राविधिक काम सम्पन्न भएपछि सेवा पुनः सञ्चालनमा ल्याइने जनाइएको छ ।

सेवा बन्द हुँदा समकक्षता प्रमाणपत्र लिनुपर्ने सेवाग्राही तथा अन्य सरोकारवालालाई असुविधा भएकोप्रति केन्द्रले क्षमासमेत मागेको छ । साइबर सुरक्षा जोखिमलाई ध्यानमा राखेर अनलाइन प्रणाली सुरक्षित बनाउने उद्देश्यले सेवा अस्थायी रूपमा रोकिएको केन्द्रको भनाइ छ ।

null