कीवर्डहरू -

हल्ट प्राइज आईओई पुल्चोक क्याम्पसको ग्राण्ड फिनाले सम्पन्न, को को भए विजेता ?

हल्ट प्राइज आईओई पुल्चोक क्याम्पसको ग्राण्ड फिनाले सम्पन्न, को को भए विजेता ?

हल्ट प्राइज़ आईओई, पुल्चोक क्याम्पसको ग्राण्ड फिनाले सम्पन्न भएको छ । यलो पगोडा कान्तिपथमा भएको फाइनलमा ११ टिमले प्रतिस्पर्धा गरेका थिए । 

११ टिममध्ये टिम निर्वतशोधक विजेता भएको छ । विजेतालाई बीस हजार नगद, मेडल, अवार्ड, प्रमाणपत्र, गिफ्ट प्रदान गरिएको थियो । 

यस्तै फर्स्ट रनरअप टिम अंकुर र सेकेण्ड रनरअप टिम इनभेसिभ इन्जिनियर्स भएका छन् । टिम अंकुरले १० हजार नगद र टिम इनभेसिभ इन्जिनियर्स ५ हजार नगदसहित मेडल, प्रमाणपत्र र उपहार प्राप्त गरेका छन् । 

युनाइटेड वर्ल्ड स्कुल्स नेपालका निर्देशक सूर्य कार्की, वेदका प्रबन्ध निर्देशक सुझित पाठक, इन्ड्राइभ नेपालकी निर्देशक रिता पोखरेल र  नाम्चेका को-फाउन्डर रमेश पाठक निर्णायक टोलीमा रहेका थिए ।  

ग्राण्ड फिनालेमा प्रगतिशील पावर अप्टिमाइजर्स, व्हेइटुगो, क्रेओभेटिभ, इन्द्रिया, लिपसिन्क, इनभेसिभ इन्जिनियर्स, स्वास्थ्य एआई, अंकुर, क्लोज एआई, फार्मइजी र निर्वतशोधक टिमले प्रतिस्पर्धा गरेका थिए ।