कीवर्डहरू -

भोलिदेखि भिरिञ्ची कलेजमा आईसीटी मेला, मानवीय रोबोटदेखि आईओटीसम्मका प्रोजेक्ट प्रदर्शनीमा

भोलिदेखि भिरिञ्ची कलेजमा आईसीटी मेला, मानवीय रोबोटदेखि आईओटीसम्मका प्रोजेक्ट प्रदर्शनीमा

भिरिञ्ची कलेजले पुस १२ गतेदेखि १४ गतेसम्म आईसीटी मेला ४.० आयोजना गर्ने भएको छ । बिहीबारदेखि सुरू हुने सो मेलामा एआई, रोबोटिक्स, आईओटी लगायका विभिन्न प्रोजेक्टहरू प्रदर्शनीमा राखिने छ । 

निःशुल्क अवलोकन गर्न सकिने आईसीटी मेला भिरिञ्ची कलेजले विगत ४ वर्षदेखि आयोजना गर्दै आएको छ । भिरिञ्ची कलेजका विद्यार्थीले बनाएका प्रोजेक्टलाई प्रदर्शनीमा राखिने छ ।

कलेजले पाठ्यक्रममै ट्रेनिङ र मेन्टरसीपको विषय समावेश गरेको छ । त्यसैका आधार पढ्दै सिक्दै गरेको ज्ञान विद्यार्थीले परियोजना उपयोग गर्छन् । प्रोजेक्टका लागि आवश्यक पर्ने सबै फन्डिङ कलेजले गर्छ । 

आईसीटी मेला जस्ता इभेन्टले कलेजका विद्यार्थीलाई हौसला मिल्नुका साथै त्यसलाई स्टार्टअपको रूपमा अगाडि बढाउन आवश्यक पर्ने सल्लाह सुझाव पनि प्राप्त हुनेछ । 

यस वर्षको आईसीटी मेलामा नयाँ अवधारणामा नयाँ प्रोजेक्टहरू प्रदर्शनीमा राखिने भिरिञ्ची कलेजका एकेडेमीक को-अर्डिनेटर रोशन केसीले बताए । 

कलेजले यस वर्षएआई, रोबोटिक्स र आईओटीका परियोजनामा फोकस गरेको छ । मेलामा मानवीय रोबोट, रोबो सकर, ग्रीन हाउस, टार्गेट सुटिङ, सनेक सर्भिलेन्स रोबोट, सोलार ट्रयाकिङ, ट्राफिक लाइट र फेस रिकग्निसन सिस्टम लगायतका प्रोजेक्ट प्रदर्शन हुने उनको भनाइ छ ।

यस बाहेक पुराना प्रोजेक्टहरूलाई समेत थप सुधार गर्दै प्रदर्शनीमा राखिने छ । करिब २५ प्रोजेक्ट प्रदर्शनीमा हुने कलेजले जनाएको छ । 
यस वर्ष प्रोजेक्ट प्रदर्शनीमा सहभागी हुन अन्य कलेजलाई आग्रह गरेपनि समय व्यवस्ताले सहभागी हुन नसकेको केसीले जानकारी दिए । 
आईसीटी मेला हुनुभन्दा अगाडि गत हप्ता कलेजले प्रि-इभेन्टको रूपमा मेन्टरसीपसहित २ दिने युआईयुएक्स  प्रतियोगिता समेत सञ्चालन गरेको थियो । यसमा अन्य कलेजका विद्यार्थी पनि सहभागी भएका थिए । आईसीटीमा करियर बनाउने इच्छुकलाई आईसीटी मेला उपयोगी हुनेछ ।