कीवर्डहरू -

सन् २०२४ मा एप्पलले भिजन प्रोका लागि रिटेल स्टोरका कर्मचारीलाई तालिम दिने

सन् २०२४ मा एप्पलले भिजन प्रोका लागि रिटेल स्टोरका कर्मचारीलाई तालिम दिने

एप्पलले सन् २०२४ देखि आफ्नो रिटेल स्टोरका कर्मचारीहरूलाई भिजन प्रोको तालिम दिन सुरू गर्ने भएको छ । 

ब्लुमवर्गका अनुसार एप्पलले रिटेल कर्मचारीलाई प्रडक्टको तालिममा सहभागी हुन आवेदन दिन मेमो पठाएको छ ।

‘छनौट भएका टिम मेम्बर सन् २०२४ को पहिलो महिनामा क्यालिफोर्नियाको कपर्टिनोमा हुने कार्यक्रममा भाग लिने छन्,’ नोटमा भनिएको छ, ‘उनीहरू स्टोरमा फर्किएपछि अन्य टिम मेम्बरलाई तालिम र सपोर्ट प्रदान गर्नेछन् ।’

तालिमले एप्पल भिजन प्रो बारे कर्मचारीलाई शिक्षित गर्ने विश्वास गरिएको छ । सन् २०२४ को सुरूवातमा एप्पलको भिजन प्रो आउने अनुमान गरिएको छ ।