कीवर्डहरू -

एक वर्षमै अल्टिमा लाइफस्टाइलको व्यापार ७०० प्रतिशतले बढ्यो

एक वर्षमै अल्टिमा लाइफस्टाइलको व्यापार ७०० प्रतिशतले बढ्यो

अल्टिमा लाइफस्टाइलले एक वर्षमै आफ्नो व्यापार ७०० प्रतिशतले बढाएको छ । सन् २०२२ को तुलनामा २०२३ मा ७०० प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले यस वर्षको ‘दराज सेलर समिट २०२३’ मा दराजको प्रतिष्ठित ‘सेलर अफ द इयर २०२३’ अवार्ड पाएको छ । 
ग्राहक सन्तुष्टि, र उत्पादन गुणस्तरको कारण धेरै प्रतिस्पर्धीहरू बीच अल्टिमा लाइफस्टाइल माथि उठेको कम्पनीको भनाइ छ  ।

अल्टिमा लाइफस्टाइलले सन् २०२३ मा दाराजमा २६,००० बढी अर्डरहरू प्राप्त गरेको छ । सन् २०२२ मा दराजमा प्रवेश गरेको अल्टिमाले छोटो अवधिमै सबै विधामा जम्मा १९ हजार बढी बिक्रेताहरू मध्ये उत्कृष्ट रही यो उपाधि जितेको छ । 

सन् २०२४ मा यो नेपाली ब्रान्डले दराजमा मात्रै ५०० प्रतिशतभन्दा बढी बिक्री वृद्धि गर्ने अनुमान गरिएको छ । कम्पनीका ब्रान्ड म्यानेजर अमन गुप्ताका अनुसार हालको योजनामा २५ भन्दा बढी उत्पादनहरू समावेश रहेका छन् ।