सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले नेपाल टेलिकममा सर्वसाधारणकाे शेयर स्वामित्व २५ प्रतिशत पुर्याउने बताएका छन । नेपाल टेलिकमकाे २१ओै वार्षिकोत्सवकाे अवरमा बाेल्दै मन्त्री गुरूङले यस्ताे बताएका हुन् ।
सम्भवतः याे वर्ष भित्रै नेपाल टेलिकममा सर्वसाधारणकाे शेयर स्वामित्व २५ प्रतिशत पुर्याइने उनले जानकारी दिए ।
'सर्वसाधारणको स्वामित्व बढेपछि अपनत्व महशुस हुन्छ । त्यसपछि जनताप्रति बढी जिम्मेवार हुनुपर्छ,'उनले भने, 'सम्भवतः यही वर्ष भित्र त्याे काम हुन्छ ।'
अहिले नेपाल टेलिकममा ९२ प्रतिशत सरकारकाे र बाँकी ८ प्रतिशत सर्वसाधारणको छ । त्यसलाई बढाएर सरकारले सर्वसाधारणको स्वामित्व २५ प्रतिशत पुर्याउन लागेकाे हाे ।