कीवर्डहरू -

बढ्यो विद्युतीय गाडीमा कर, कुनमा कति ?

बढ्यो विद्युतीय गाडीमा कर, कुनमा कति ?

सरकारले विद्युतीय गाडीमा कर बढाएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्‌मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको आर्थिक विधेयकमा विद्युतीय गाडीको किलोवाट अनुसार करका दर हेरफेर गरेका हुन् । 

५० किलोवाटसम्मका गाडीमा १५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तशुल्क लगाइएको छ । चालु आर्थिक वर्ष उक्त क्षमताको गाडीको भन्सार १० प्रतिशत मात्रै थियो भने अन्तशुल्क लगाइएको थिएन । 

यस्तै ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका गाडीका २० प्रतिशत भन्सार पुर्‍याइएको छ । १५ प्रतिशत अन्तशुल्क लगाइएको छ । चालु आर्थिक वर्षमा १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तशुल्क लगाइएको थियो । 

त्यसैगरी १०१ किलोवाटदेखि २०० किलोवाटसम्म ३० प्रतिशत भन्सार र २० प्रतिशत अन्तशुल्क लगाइएको छ । चालु आर्थिक वर्ष भन्सार र अन्तशुल्क २०/२० प्रतिशत लगाइएको थियो।

२०१ किलोवाटदेखि ३०० सम्म ६० प्रतिशत भन्सार ३५ प्रतिशत अन्तशुल्क र ३०१ माथि ८० प्रतिशत भन्सार ५० प्रतिशत अन्तशुल्क लगाइएको छ ।

साथै १० सिटयुक्त ईभीमा अनएसेम्बल्ड र अन्यमा १० प्रतिशतबाट १५ प्रतिशत भन्सार पुर्‍याइएको छ । सोही प्रकारका ईभीमा अन्तःशुल्क पनि अनएसेम्बल्ड र अन्य दुवै प्रकारमा ५ प्रतिशत लगाउने भएको छ । यसमा यसअघि अन्तःशुल्क लगाइएको थिएन ।