इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले साइबर सुरक्षा मजबुत बनाउनका लागि ठूलो र चकित पार्ने कदम उठाएको छ। अब लेफ्टिनेन्ट कर्नेल वा त्यसभन्दा माथि सबै वरिष्ठ अधिकारीले आधिकारिक सञ्चारका लागि आइफोन मात्र प्रयोग गर्ने निर्णय गरिएको छ।
सुरक्षा कारणले एन्ड्रोइड फोनलाई पूर्णतः प्रतिबन्ध गरिएको छ। यो निर्णय सेनाभित्र भएका थुप्रै डिजिटल इन्ट्रुजन प्रयास र बढ्दो साइबर जासूसी गतिविधि पछि लिइएको हो। इजरायलको आर्मी रेडियो र जेरुसलेम पोष्टका रिपोर्टहरु अनुसार एन्ड्रोइड डिभाइसमा साइबरइन्ट्रुजनको जोखिम बढी देखिएको थियो।
पछिल्ला वर्षहरुमा सैनिक र अधिकारीहरुलाई निशाना बनाउने धेरै हनीपट आक्रमणहरु सार्वजनिक भए, जहाँ नक्कली प्रोफाइल प्रयोग गरी फोनमा मालवेयर हालेर स्थान र संवेदनशील डाटा चोर्ने प्रयास गरिएको थियो।
नयाँ दिशानिर्देशन अनुसार सैन्य कामका लागि केवल आइफोन मात्र प्रयोग गरिने भनिएको छ। कुनै पनि एन्ड्रोइड फोनलाई अपरेशनल वा कमाण्डसँग सम्बन्धित गतिविधिमा प्रयोग गर्न अनुमति नहुनेछ। साथै, एन्ड्रोइड डिभाइसहरूलाई केवल व्यक्तिगत प्रयोगका लागि मात्र सीमित गरिनेछ।
गुगलले भर्खरै दाबी गरेको बेला यो निर्णय आयो कि तिनीहरूको पिक्सेल स्मार्टफोनलाई अमेरिकी रक्षा विभागको सुरक्षा सूची डोडिनमा समावेश गरिएको छ। गुगल को अनुसार पिक्सेलमा अत्याधुनिक सुरक्षा प्रणाली छ, तर इजरायल डिफेन्स फोर्स (आईडीएफ) को भनाइअनुसार आइफोन को नियन्त्रणयुक्त इकोसिस्टम बढी सुरक्षित सावित भएको छ।
रिपोर्टहरूलाई हेर्दा आईडीएफले विगत वर्षहरूमा थुप्रै आन्तरिक सुरक्षा अभ्यासहरू गरेको छ जस्तै हिज़बुल्लाहसँग सम्बन्धित नक्कली खाताहरू जस्ता साइबर जालहरु बनाइ सैनिकहरूको डिजिटल सतर्कता जाँच्नु। ती अभ्यासहरूमा पत्ता लागेको छ कि एन्ड्रोइड डिभाइसहरू बढी जोखिममा थिए।
आईसीटी समाचार