कीवर्डहरू -

नेपाल आउँदै काइईको विद्युतीय कार ‘एक्स ३ प्रो’, मूल्य ५२ लाख रूपैयाँ

नेपाल आउँदै काइईको विद्युतीय कार ‘एक्स ३ प्रो’, मूल्य ५२ लाख रूपैयाँ

लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई-मोबिलिटीले नेपाली बजारमा काइई अटोमोबाइल्सको इलेक्ट्रिक कार ल्याउने भएको छ । 

लक्ष्मी ई-मोबिलिटीले चेरीको सब–ब्रान्ड काइई अटोमोबाइल्सको विद्युतीय कार ‘एक्स ३ प्रो’ भित्र्याउन लागेको हो । 

यस कारको मूल्य ५२ लाख ९६ हजार रूपैयाँ मूल्य तोकिएको छ । चिनियाँ बजारमा २०२१ मा सार्वजनिक भएको ‘एक्स ३ प्रो’ गाडीमा ५३.६ किलोवाट आवरको ब्याट्री रहेको छ ।

यसले ४०१ किलोमिटर सम्म रेन्ज दिने जनाइएको छ । यसमा हाई–स्ट्रेन्थ आल्मुनियम अलोय फ्रेम ब्याट्री बक्स, मल्टी लेयर इन्सुलेसन डिजाइन, इन्टेलिजेन्ट सेफ्टी र फ्रिडम समेत प्रदान गरिएको छ ।

एक्स ३ प्रो गाडीमा वायरलेस फोन चार्जिङ, मल्टी कन्डिसन ड्राइभिङ मोड, १.५ टि इन्जिन, ३६० पानोरामिक क्यामेरा, डुअल युएसबी ज्याक लगायतका सुविधा रहेका छन् ।