कीवर्डहरू -

कान्तिपुर इन्जिनियरिङ कलेजमा ‘केइसी लाइट २०२४’ सम्पन्न

कान्तिपुर इन्जिनियरिङ कलेजमा ‘केइसी लाइट २०२४’ सम्पन्न

कान्तिपुर इन्जिनियरिङ कलेज, धापाखेल, ललितपुरमा केइसी लाइट २०२४ आयोजना भएको छ । फागुन ९ र १० गते कान्तिपुर इन्जिनियरिङ कलेज इन्टर कलेज प्रविधि प्रदर्शनी भएको हो । 

केइसी लाइट २०२४ मा रोबो सकर, रोबो सुमो, रोबो रेस, लाइन फलोइङ रोबोट, प्राविधिक क्विज, इस्पोर्ट्स, शेक टेबल, सर्भे कम्पिटिसन, र आक्रमण र रक्षा जस्ता विभिन्न प्रतियोगिताहरू भएका थिए । 

यस बाहेक प्रदर्शनीमा रोबोटिक्स, कम्प्युटर र सिभिल इन्जिनियरिङका परियोजनाहरूका साथै प्लस टु विद्यार्थीका परियोजनाहरू पनि राखिएको थियो । मेलामा ४० बढी परियोजना प्रदर्शनीमा रहेका थिए । 

प्रदर्शनीको अतिरिक्त, करियर कनेक्ट सञ्चालन भएको थियो, जहाँ रोजगार खोज्नेहरूले एक्सपोमा सीधा आफ्नो सिभी दिन सक्ने व्यवस्था गरिएको थियो । करियर कनेक्टमा २३ कम्पनीहरू सहभागी भएका थिए । 

कान्तिपुर इन्जिनियरिङ कलेजले केइसी लाइट २०२४ को प्रि इभेन्टको रूपमा २ दिने ह्याक अ लाइट समेत सम्पन्न गरेको थियो । यसमा १२ टिम सहभागी भएका थिए । 

सहभागी १२ टिमध्ये विजेता ३ टिमलाई पुरस्कार समेत प्रदान गरिएको छ । काठमाडौं विश्वविद्यालयको क्रिपल्स विजेता भएको छ । क्रिपल्सले २५ हजार नगद पुरस्कारसहित इभल्भ आईटी हब नेपालबाट १ लाख बराबरको प्रोफेसनल तालिम सुविधा प्रदान गरेको छ । 

यस्तै चितवनको वीरेन्द्र मल्टिपल क्याम्पसको टिमले १२ हजार ५०० नगदसहित स्किल स्पार्कबाट १ लाख बराबरको छात्रवृत्ति सुविधा प्राप्त गरेको छ । 

त्यसैगरी काठमाडौं विश्वविद्यालयको टिम सोर्स कोडले पनि १२ हजार नगद पुरस्कार प्राप्त गरेको छ । विजेता ३ वटै टिमलाई आन्ट्रप्रेनरसीप हबबाट वान टु वान मेन्टरशीप सुविधा पाउने छन् ।