कीवर्डहरू -

फोननेक्स्टको सहकार्यमा लक्ष्मी सनराइज बैंकले सुरू गर्‍यो डिजिटल बैंकिङ सेवा ओरेन्जनेक्स्ट

फोननेक्स्टको सहकार्यमा लक्ष्मी सनराइज बैंकले सुरू गर्‍यो डिजिटल बैंकिङ सेवा ओरेन्जनेक्स्ट

लक्ष्मी सन्‌राइज बैंकले आधुनिक बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ्ग सेवा ओरेन्जनेक्स्टको थालनी  गरेको छ । 

एफवान सफ्ट अन्तर्गतको फोननेक्स्टसँगको सहकार्यमा सुरू गरिएको यो सेवा नेपाली डिजिटल बैंकिङ्गको परिदृश्यको रूपान्तरणमा एक महत्वपूर्ण कदम रहेको छ ।

ओरेन्जनेक्स्टले मोबाईल बैंकिङ्ग एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्ने देखि लिएर मुद्दती खाता, लक्ष्यमा आधारित डिपोजिट जस्ता वित्तीय व्यवस्थापनका उन्नत सुविधाहरु प्रदान गर्नेछ । 

ग्राहकहरुको बदलिँदो आवश्यकता अनुकुल बैंकिङ्ग सेवा दिने लक्ष्मी सन्‌राइज बैंकको प्रतिबद्धतालाई यो पहलले टेवा पुर्याउने बैंकको विश्वास छ ।

लक्ष्मी सन्‌राइज बैंकका प्रमुख कार्यकारी अधिकृतका अनुसार नेपालको डिजिटल बैंकिङ्गको परिदृश्यको रूपान्तरणमा ओरेन्जनेक्स्ट कोशेढुङा साबित हुन सक्छ । 

परम्परागत मोबाईल बैंकिङ्ग सेवालाई समेत समानन्तर रूपमा  विकास गर्दै, ओरेन्जनेक्स्टमार्फत बैंकिङ्ग सेवा नपुगेका र विशेष गरी डिजिटल प्रविधिमैत्री युवा तथा विदेशमा रहेका ग्राहकहरुलाई प्रभावकारी बैंकिङ्ग सेवा प्रदान गरिनेछ । 

फोननेक्स्टका प्रमुख कार्यकारी अधिकृत सनत कुमार पौडेलका अनुसार छिटो र प्रभावकारी बैंकिङ्ग प्रदान गर्ने मूलभुत उद्देश्यले ओरेन्जनेक्स्टको विकास गरिएको हो । परिकल्पनात्मक सोचबाट प्रेरित यस ओरेन्जनेक्स्टले बैंकिङ्ग अनुभवलाई आमूल परिवर्तन ल्याउदैँ ग्राहकहरुको अपेक्षाहरु पूरा गर्ने उनको विश्वास रहेको छ ।