कीवर्डहरू -

२ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज

२ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले २ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणले पर्साको सी डाटा कम्युनिकेसन र सुर्खेतको लाइफ नेटको लाइसेन्स खारेज गरेको छ । 

सी डाटाले अनुमतिपत्रको शर्त बमोजिम सेवा सञ्चालन नगरेको हुँदा कात्तिक २ गतेदेखि लागु हुने गरी लाइसेन्स खारेज गरेको प्राधिकरणले जनाएको छ । 

यस्तै लाइफ नेटले तोकिएको समय अवधिभित्र नवीकरणका लागि निवेदन नदिएपछि अनुमपतिपत्र स्वत रद्द भएको हो । 

साथै प्राधिकरणले लाइफ नेटलाई नियम अनुसार तिर्नु वा बुझाउनु पर्ने रकमका सम्बन्धमा ३० दिनभित्र सम्पर्क गर्न समेत आग्रह गरेको छ । अन्यथा प्रचलित कानुन बमोजिम कारबाही अगाडि बढाइने प्राधिकरणले चेतावनी दिएको छ ।