कीवर्डहरू -

भोलिदेखि पुलचोक क्याम्पसमा ३ दिने प्रविधि मेला, डिजिटल रूपान्तरणमा सघाउने प्रोजेक्ट प्रदर्शनी हुने

भोलिदेखि पुलचोक क्याम्पसमा ३ दिने प्रविधि मेला, डिजिटल रूपान्तरणमा सघाउने प्रोजेक्ट प्रदर्शनी हुने

माघ १२, १३ र १४ गते ललितपुरको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) पुलचोक क्याम्पस राष्ट्रिय प्रविधि मेला लोकस आयोजना हुने भएको छ । 

शुक्रबारदेखि ३ दिनसम्म सञ्चालन हुने विद्यार्थीका नयाँ नयाँ आईडिया र इन्नोभेसनलाई एउटा प्लेटफर्म प्रदान गर्न सन् २००३ देखि लोकस आयोजना हुँदै आएको छ ।

एकेडेमीया र इन्डष्ट्रीबीचको ग्यापलाई कम गर्न लोकसले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ । ३ दिने कार्यक्रममा नयाँ नयाँ प्रोजेक्ट प्रदर्शनी, रोबो वार, रोबो सकर, म्युजिकल इभ लगायतका गतिविधि हुनेछन् । 

यस पटक मेलामा डिजिटल नेपालका ५ वटा क्षेत्र स्वास्थ्य, पर्यटन, उर्जा, शहरी पूर्वाधार र शिक्षासँग सम्बन्धि इन्नोभेसनहरू राखिने छ । 

लोकस प्रविधि मेला तपाईहरूले निःशुल्क अवलोकन गर्न सक्नु हुनेछ । मेलामा गएर नेपालको डिजिटल रूपान्तरणमा सघाउने प्रोजेक्ट प्रदर्शनी हुनेछन् ।