कीवर्डहरू -

आईटी पढ्न चाहने विद्यार्थीलाई २ करोड बराबरको छात्रवृत्ति दिदै लर्ड बुद्ध र क्यान महासंघ

आईटी पढ्न चाहने विद्यार्थीलाई २ करोड बराबरको छात्रवृत्ति दिदै लर्ड बुद्ध र क्यान महासंघ

लर्ड बुद्ध एजुकेसन फाउन्डेसन र क्यान महासंघबीच  स्नातकमा आईटी पढ्न चाहने विद्यार्थीलाई करिब २ करोड बराबरको छात्रवृत्ति उपलब्ध गराउने सम्झौता भएको छ । 

बिहीबारदेखि सुरू भएको एस पावर क्यान इन्फोटेक २०२४ को उद्घाटन समारोहमा लर्ड बुद्ध एजुकेसन फाउन्डेसन र क्यान महासंघबीच सम्झौता भएको हो । 

विगत ६ वर्षदेखि प्रदान हुँदै आएको छात्रवृत्ति यस वर्ष पनि प्रदान गरिदै छ । देशभरका ४९ जना विद्यार्थीहरुलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान बीएस्सी आईटी डिग्रीका अध्ययनलाई छात्रवृत्ति प्रदान हुनेछ । 

यस अनुसार देशको सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रा लाई पूर्ण छात्रवृत्ति र बाँकी ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।